Siraha Times
ताजा समाचार

भारत नेपालकाे असल छिमेकी ,विपतमा सदैेव सहयोग गर्दै आएकाे : पुर्वमन्त्री शुक्ला

  • असोज २, २०७८
  • ५८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लुम्बिनी । नेपाल-भारत महिला मैत्री समाजले आज प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे हाे । नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन । रुपन्देहीकाे समरीमाइ गाउंपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेकाे बताउंदै नदीकाे बाढले पिडित मधेशी जनताकाे मर्म सरकारले अहिलेसम्म नबुझेकाे अराेप लगाउनुभयाे । कार्यक्रममा बाढी पिडितहरु स्थानीय तह र केही संघसंस्थाहरुले सहयाेग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएकाे वक्ताहरूले गुनासाे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१