Siraha Times
ताजा समाचार

किसानको मन जित्न सफल एग्री किङ्ग ट्राक्टर;लहानबाट मात्र एकसालमा सयभन्दा बढी बिक्री

  • असोज १, २०७८
  • १३३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान।असोज १गते शुक्रबार। सिरहाको लहान -३ मा अवस्थित शुशिला अटोमोवाइल्स एग्री किङ्ग ट्राक्टर किसानको मन जित्न सफल भएको देखिन्छ । शुशिला एग्री किङ्ग शोरुम लहानका शाखा प्रबन्धक विजय चौधरीले आज संचारकर्मीहरुसित कुरागर्दै यस्तो प्रतिक्रिया सुनाए। उक्त शोरुम लगभग बन्दाबन्दीको समय काट्दै अहिले २ वर्ष नबित्दै १ सय ३ ट्राक्टर बिक्री गरेको प्रबन्धक चौधरीले जानकारी गराउनु भएको छ। नेपाल जस्तो कृषि प्रधान देशमा ट्राक्टर , कृषि औजार सहज भएमात्र किसान आफ्नो कुल्टो फेर्न सकिन्छ त्यो वास्तविक पनि हो । यो सँगै सबैभन्दा बढी बर्दिवास , सिसवारी , बन्दिपुर , मिर्चैया , नरहा ,भगवानपुर लगायतका ठाउँहरुमा किसान ट्रक्टर किनेर दिनदौगुना रातचौगुना गरिएको चौधरीले बताए ।

Open Photo

 

शोरुम संचालन भएदेखि सवभन्दा पहिलो सप्तरीको लक्ष्मीपुरका परिक्षण दासले ट्राक्टर किनेका थिए।त्यसपछि गाउँका मानिस देखासिकी पछि १० वटा ट्राक्टर किन्न सफल भएको देखिन्छ । दासले बढीमा पुर्वको मोरङ्गमा गाडी चलाउने गर्छ , त्यसैले उताको किसनको मांग पनि बढी थालेपछि लहान शाखाले सेवा दिन असमर्थ रहनु स्वभाविक पनि हो । जर्मन प्रविधि युक्त यो ट्रक्टर पार्टपुर्जाको कुनै समस्या नदेखिएको चौधरीले सुनाए । तेलको मामलामा पनि अरुभन्दा काम लाग्ने गर्छ , अन्य ट्राक्टरको अपेक्षाका एग्री किङ्ग किसानलाई काम सहज बनाइएको पाइन्छ । समय , तेल , बचतसँगै धेरै काम गर्न सकिने विश्वसनीय , गुणवान , क्षमतावान एग्री किङ्ग ट्राक्टर भएकाले अहिले गाउँ देखि शहर चल्तीमा एग्री किङ्ग रहेको प्रबन्धक चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१