Siraha Times
ताजा समाचार

बेनेली मोटरसाईकलको सिरहामा ब्यापक चर्चा खरीद गर्न ग्राहकको घुइँचो

  • भदौ ३०, २०७८
  • १०७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० भदौ - इटालीयन ब्रान्डको बेनेली मोटरसाईकल सिरहाको लहानमा उपलब्ध हुने भएको छ। लहान नगरपालीका ३ स्थित बेनेली मोटरसाईकल सोरुम संचालनमा आएको छ। उक्त बेनेली मोटरसाईकल डिएम अटाे ट्रेडर्स बेनेली सोरुम लहानमा उपलब्ध हुने भएको छ।लहान नगरपालीका ३ पुर्व बस स्टेन मेगा बैंककको तलको भवनमा संचालनमा आएको छ। लहानमा दुई महिना अगाडि बेनेली बाईक लन्च भएको छ दुई महिनामा ४२ वटा बाईक बिक्री गरीसकेको डिएम अटाे ट्रेडर्स बेनेली सोरुम लहानका संचालक दिनेश कुमार साहले जानकारी दिनु भयो। संचालक दिनेश साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो कार्यक्रमको प्रमुख अतिथि उधोग बाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक अमात्यले पान्समा बतिबालेर कार्यक्रमको उदघाटन गरेका थिए।

प्रमुख अतिथि अमात्यका अनुसार लहान नगरमा जुन एउटा नयाँ बिदेशी कम्पनीको नयाँ बाईक आएकोमा लहान बासिमा गर्भको कुरा हो यो बाईकले ब्यब्सायीक बजारीकरण लिन्छ भने बिश्वास छ । लहानमा यो बाईकको रोरुम थपिएको हुँदा अरु कम्पनीको बिक्री नहुने होईन सबै बाईकको उपभोक्ताको इच्छा जागोस भने बजारमा राम्रो बजारीकरण हो भने उनले बताए। नेपाल पत्रकार महासंघ केन्द्रिय पार्सद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताका अनुसार निरि प्रनिका कारण हामीले अहिले समृद्धि लिन सकेको छैन बेनेली मोटरसाईकलले राम्रो बजारिकरण लिन्छ भने बिश्वास छ् उनले बताए । बेनेली बाईकका रिजनल म्यानेज बुद्ध राज चौधरीका अनुसार अरु बाईक भन्दा अलि फर किसिमको हो,यो बाईक इटाईलीयन ईन्जन भएकोले ईन्जिन बिग्रीने चांन्स कम भएको हुँदा ग्राहकले बढी मनपराउने गरेका छन्।

देशको २२ ठाउँमा हाम्रो सेवा दिई रहेका छन्। यो बाईक तराई पहाडमा पनी सहजै गुडन सक्ने बाईक भएकोले युवाहरूले बढी खरिद गर्न मन पराएका संचालका भाई महेश साह र सोरुमका प्रतिनिधी सोनी गुप्ताले जानकारी दिनु भयो । नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैताका अनुसार नयाँ पुस्ताको युवाहरुलाई निकै नै आकर्षण गर्ने भएको छ उनले बताए।यो कम्पनीले फयामली बाईक पनि रोरुममा हेर्न पाँउ र ग्राहक बर्गको ध्यानाकर्षण उक्त बाईकमा होस भने उनले बताए भयो। संचालक दिनेश साहका अनुसार हाम्रो यहाँ बेनेली भने लहानमा बास्तबमा नयाँ नै हो अहिले सम्ममा ४२ वटा बाईक बिक्री गरिसकेको बताए।हामीले जुन सुकै कम्पनीको बाईक एक्सचेन्ज गर्ने गरेका छौँ र बाईकको सम्पुर्ण स्पेयर पार्टहरु लहान मै उपलब्ध हुने वहाँले पतिबधता व्यक्त गर्नु भयो।

उक्त बाईकको देशका विभिन्न सहरहरुमा सोरुमहरु संचालन गर्ने बेनेली कम्पनीले निर्णय गरेको म्यानेजर चौधरीले जानकारी दिनु भयो।बेलेनी बाईक उपभोक्ताको चाहना भएको छ सुनचान्दी ब्यवसाई संघ लहानका अध्यक्ष श्याम सोनीले बताए। लहानमा अहिले उक्त बाईकले राम्रो बजार लिएको छ। बेलेनी बाईकको ईन्जन राम्रो टीकाउ र गुणस्तरीय भएकोले उपभोक्ताको भनाई रहेको सोनि गुप्ता रौनियारले जानकारी दिनु भयो । स्थानीय युवा राजु साहले उदघाटन कार्यक्रमको संचालन गरेका थिए ।

Open Photo

प्रतिक्रिया दिनुहोस

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार ११। सप्तरीको बलान बिहुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब ५२ ...

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१