सिरहाको डुमरीमा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु

  • भदौ १६, २०७८
  • २०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ १६ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं.९ डुमरीमा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ । स्थानीय भालसहिर देवि यादव र जय कुमार यादव त्यस्तै श्रीदेव यादवको परिवारबीचको झडामा ६५ वर्षकी भालसहिर देवि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त शुभाष बुढाथोकीले बताए ।

श्रीदेव यादवले वाटोमा भौसीको मल राखेको विषयमा झगडा सुरु भएको थियो । झगडाका क्रममा जय कुमार यादव र श्रीदेव याददले लाठि र तालले कुटपिट गर्दा भालसहिर देवि यादवको घटना स्थल मै मृत्यू भए ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए । झगडाको क्रम्ममा उक्त महिलाको मृत्यू पश्चिात जय कुमार यादव र श्रीदेव यादव फरार छन् ।
फरारलाई खोजी कार्य तिव्र गरिएको छ भने मृतकको शव पोष्टमाटमका लागि लहान अस्पतालमा पठाई घटना बारे अनुसन्धान थालिएको प्रहरी प्रवक्त बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१