Siraha Times
ताजा समाचार

सिरहाको डुमरीमा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु

  • भदौ १६, २०७८
  • २१३८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ १६ । सिरहाको कल्याणपुर नगरपालिका वडा नं.९ डुमरीमा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ । स्थानीय भालसहिर देवि यादव र जय कुमार यादव त्यस्तै श्रीदेव यादवको परिवारबीचको झडामा ६५ वर्षकी भालसहिर देवि यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त शुभाष बुढाथोकीले बताए ।

श्रीदेव यादवले वाटोमा भौसीको मल राखेको विषयमा झगडा सुरु भएको थियो । झगडाका क्रममा जय कुमार यादव र श्रीदेव याददले लाठि र तालले कुटपिट गर्दा भालसहिर देवि यादवको घटना स्थल मै मृत्यू भए ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले बताए । झगडाको क्रम्ममा उक्त महिलाको मृत्यू पश्चिात जय कुमार यादव र श्रीदेव यादव फरार छन् ।
फरारलाई खोजी कार्य तिव्र गरिएको छ भने मृतकको शव पोष्टमाटमका लागि लहान अस्पतालमा पठाई घटना बारे अनुसन्धान थालिएको प्रहरी प्रवक्त बुढाथोकीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१