Siraha Times
ताजा समाचार

आज हिन्दुधर्मावलम्बीहरुका महान पर्व श्रीकृष्ण जन्माष्टमी;राक्षसी प्रवृत्ति अन्त्य हुने विश्वास

  • भदौ १४, २०७८
  • १२१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान|भदौ१४गते। भगवान विष्णुको आठौं अवतारको रुपमा श्रीकृष्णलाई चिनिन्छ। आजका दिन हिन्दूधर्मावलम्बीहरुले बडा धुमधामका साथ जन्माष्टमी पर्व मनाई रहेका छन। यस अवसरमा सरकारले सार्वजानिक विदा समेत दिइएको छ।भगवान श्रीकृष्णले मामा कंशलाई बध गरेकाका दिन देखि नै राक्षसी प्रवृत्ति अन्त्य भएको जनविश्वास रही आएको देखिन्छ। ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भएको मानिन्छ।हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोक्षरात्री भनिन्छ । आजका दिन अधिराज्य भरका कृष्ण मन्दिरहरुमा भगवान कृष्णको पुजा आराधना , भजन , प्रवचन संकिर्तन गर्नुका साथै विशेषगरी महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन पनि छ। अन्याय , अत्याचार , राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न विष्णुको आठौं अवतारमा कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवहरुसँगको लडाइँ संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने माखन चोर अर्थात श्रीकृष्ण नै हुन। जन्माष्टमीलाई सातम आठम , गोकुलष्टमी , अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती , श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। आजका दिन देश भर वा सिराहा , लहान लगायतका गाउँगाउँमा कृष्ण भगवानको मुर्ति राखी पुजा गरिदै छ। भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मावलम्बीहरु कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउँदै छन। देवकी तथा बासुदेवका आठौं सन्तानका रुपमा कृष्णको जन्म भएको थियो ।कृष्ण र बलिराम बिच धनिष्ठ तथा बन्धुबान्धवको सम्बन्ध थियोे । कृष्ण मथुराका यादवको भृष्नी लुकेका थिए।मथुरा ( हाल मथुरा जिल्ला उत्तर प्रदेश ) यादवहरुको राजधानी रहेको थियोे।देवकीका भाई राजा कंशले आफ्ना बुवा उग्रसेनलाई जेल गरी आफू राज्य सत्ता कब्जा गरेका थिए।अन्याय र अत्यचारी कंशलाई श्रीकृष्णका हातबाट मृत्यु हुने भविष्यवाणी भएका थिए।भगवान कृष्णको जन्म भए लग्त्तै रातरात्तै कृष्णलाई नन्द र यशोदा मैयाको घर पुर्‍याएका थिए , कि त गोकुलमा भगवान आन्नदले कंशबाट टाढा रहोस।

प्रतिक्रिया दिनुहोस

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१