Siraha Times
ताजा समाचार

भजनकिर्तनका क्रममा माइकमा करेन्ट लागेर दुईजनाको मृत्यु

  • साउन २६, २०७८
  • ८८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा साउन २६ : धनुषामा भजनकिर्तन भइरहेको बेला माइकमा करेन्ट लागेर दुईजना किर्तनमण्डलीको ज्यान गएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेको प्रहरीले जनाएको छ । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१