Siraha Times
ताजा समाचार

कतार फुटबलको सहयोगमा नेपाली महिला फुटबलर सावित्राको सफल सल्यक्रिया

  • साउन १, २०७८
  • ६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी स्ट्राइकर सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ। नेपाली फुटबलमा शाम्बाको उपनामले चिनिने उनी उपचारका लागि कतारस्थित दोहाको अस्पेटार अस्पतालमा भर्ना भएकी थिइन। अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार उनको बिहीबार सफल सल्यक्रिया भएको हो। 

उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) र मिनिस्कसको शल्यक्रिया भएको थियो। सावित्राको झन्डै ४५ मिनेट शल्यक्रिया भएको थियो। सशस्त्र प्रहरी बल (एपीएफ) कि स्टार खेलाडी सावित्रा १२ असारमा उपचारको लागि कतार प्रस्थान गरेकी थिइन। चोट लागेको झन्डै पाँच महिनापछि उनको शल्यक्रिया भएको हो। उनको उपचारको लागि कतार फुटबलले सहयोग गरेको हो। सावित्रा गतवर्ष ३ फागुनमा भएको राष्ट्रिय महिला लिग खेल्ने क्रममा नेपाल पुलिस क्लबविरूद्धको खेलमा घाइते भएकी थिइन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१