Siraha Times
ताजा समाचार

लहान नापीमा के भयो ? पशुपतिलाई सम्मान

  • असार २९, २०७८
  • ९४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक । रेडियो सौगात लहान, २८ असार । नापी शाखा लहानमा कार्यरत पशुपति सिँह सर्वेक्षकबाट बढुवा भएपछि सरुवा समेत भएको अवस्थामा छलफल हुँदा विदाई कार्यक्रम गर्दा आफ्नै कार्यालयका केही कर्मचारी ढाह गरेको खुलासा भएको छ । यसमा पनि नापी शाखा लहानमा दूई महिना अगाडि आएका कार्यालय प्रमुख संजय सिँहले घुस लेनदेन बन्द गरेपछि सरोज मण्डललगायत केही कर्मचारी कार्यालयलाई बद्नाम गर्ने प्रयासमा लागेको आरोप छ । सर्वेक्षकबाट नापी अधिकृतमा बढुवा भएकोले कर्मचारीहरुको चाहना अनुरुप नापी शाखाको क्वाटरमा बसेर सम्मान कार्यक्रम राखेको थियो । सो सम्मान कार्यक्रमसँगै कार्यालयसँगै टाँसिएको क्वाटरमा चिया नास्तालगायतको कार्यक्रमलाई उत्तेजित ढंगबाट प्रचारवाजी गरेको बढुवा भएका पशुपति सिँहले बताए । कार्यालय प्रमुख सिँहले म आजसम्म रक्सी खाएका छैन, खादिन पनि । सम्मान कार्यक्रममा एक छिन बसे । पशुपतिजीलाई बधाई दिँदै घर फर्किए । बद्नाम गर्ने केही कर्मचारीले के खायो रु के ल्याएको थियो । त्यो मलाई थाहा भएन । पछि समाजिक संजालमा एक्कासी फोटो आएपछि थाहा पाए कार्यालय प्रमुख सिँहले बताए । सर्वेक्षकबाट बढुवा भएर नापी अधिकृत भएका पशुपति सिँहको लागि शनिवार सम्मान कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

अपाङ्गता भएका महिला ...

ओम प्रकाश यादव लहान, असार १०। मधेश प्रदेशको पर्सा जिल्लामा अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिका ...

धनगढीमाई नगर अस्पताल ...

ओम प्रकाश यादव,​लहान, ९ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ९ स्थित नगर अस्पतालमा उपचा ...

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१