Siraha Times
ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारमा महिला संयोजक पदमा नानू घलेको उमेमेदवारी

  • असार ५, २०७८
  • ११९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा कतार। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको महिला संयोजक पदका लागि नुवाकोटकी नानु घले ब्लोनद्वारा उम्मेदवारीको घोषणा गरेकी छिन्। एनआरएन कतारको आगामी जुलाईमा हुन गैइरहेको राष्ट्रिय नवौं महाधिवेशन (२०२१–२०२३) कार्यकालको आसन्न निर्वाचनमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुने सूचना मुताबिक हिजो उनले एनसिसि कतारका महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकि हुन्। समाजसेवी एवम् गायिका, कुशल खेलाडी समेत रहेकी बहुप्रतिभाकि धनी साहसिक महिला, नानु घले विगत १ दशकदेखि कतारमा श्रमिकका रूपमा कार्यरत छिन् । यस दौरानमा विभिन्न काल खण्डमा विभिन्न समाजिक संघ संस्थाहरुमा आवद्ध रही अनुभव बटुलेकी छिन् भने उनले अग्रीणी भुमिका निभाउदै आएकी छिन्। सामाजिक कार्यमा सहभागी हुने अबसर प्राप्त हुदा अत्यन्तै उत्साहित रहेको बताउने घलेले अधुरो रहेका कार्यलाई निरन्तरता दिनका लागि साथै कतारमा रहेका महिला दिदिबहिनीहरुलाई एकरुपता गर्दै उनिहरुको विभिन्न समस्याको हल तथा न्यूनीकरण गर्न, हक, हित अधिकारको सुनिश्चितताको लागी उनले उम्मेदवारी दिएकी जानकारी गराउदै कतारमा कार्यरत सम्पुर्ण आप्रावासीहरुमा सुझाव समर्थन र सहयोग गरिदिन अपेक्षा तथा अनुरोध गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१