Siraha Times
ताजा समाचार

सनराइज युथ सिरहा संजालद्वारा रक्तदान गर्न अपिल

  • असार ४, २०७८
  • ९८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो, लहान असार ४ गते। सिरहामा रगतको अभाव बढेसंगै अस्पतालमा रहेका बिरामीहरुमा थप त्राश थपिदै गएको छ। रगत अभावको कारणले सर्बसधारणको जीवनमा जोखिममा पर्ने खतरालाई न्युनिकरण गर्न सनराइज युथ सिरहा संजालले रक्तदान गर्न अपिल जारी गरेको छ । सनराइज युथ सिरहा संजालले सिरहाको गोलबजार नगरपालिका -४ स्थित अतिथि सदनमा शानिवार रक्त दान कार्यक्रमको आयोजना गरेको छ । संजालले सिरहामा रगतको अभाब भएकाले सम्पुर्ण रक्तदान गर्न मिल्ने स्थानीय बुद्धिजीवी , ब्यापारी, साथिभाई तथा दिदि बहिनीहरुले गोलबजार नगरपालिका- ४ स्थित अतिथि सदनमा बिहान ९ :३०बजे देखि बेलुका ४ बजे सम्म रक्तदान गर्न अपिल गरेका छ्न् । संजालका अध्यक्ष शोभा साहले रक्तदान जिवन दान हो हालको अवस्थाले भयाभह अवस्था सिर्जना भएको भन्दै एक थोपा रगतले पनि विरामीको ज्यान बच्न सक्छ त्यसैले यस्तो पुण्यकाममा रक्त दान गर्न मिल्ने रक्त दाता ले रक्तदान गर्न अनुरोध गरेका छन् । सिरहामा रहेका अस्पतालहरुमा रगतको अभाव देखा पर्दैगएको छ । सर्बसाधारण जो अस्पतालमा उपचार गराई रहेका छन् रगत अभावको कारण उपचार्थ बिरामीहरुको जीवन नै जोखीम पर्न सक्ने खतरा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१