Siraha Times
ताजा समाचार

मधेशमा इनारको अवस्था जीर्ण बन्दै

  • असार १, २०७८
  • १२०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बबिता मण्डल सिराहा धनगडीमाई , असार १ मंगलबार । तत्कालीन गाउँविकास समिति मार्फत खानेपानी समस्या समाधानको लागि बनाइएको इनारहरु स्थानिय सरकार आएपछि जीर्ण बन्दै गएको अवस्था छ । सिरहाको उत्तरी भेगमा पर्ने साविक गाउँविकास समिति हरुमा बनाइएको इनारमा झारपात पलाउन थालेपछि र पानी खाने योग्य नभएपछि इनार जीर्ण बन्न थालेको देखिन्छ । साविक गाउँविकास समिति विष्णुपुरक टी तथा धनगढी माई वडा नं १२ मा रहेका इनारहरु यतिबेला संकटमा परेका छन् ।स्थानिय सरकारको पहलमा डिप ट्वेल खानेपानीको व्यवस्थापन भएपछि इनारमा मानिसहरू पानी भर्न छोडेको हो । इनारबाट पानी तान्न ६०देखि ७० हात तलबाट बाल्टीनको मदतले पानी तान्नुपर्ने वाध्यता बिजुली आएपछि सहजतामा परिणत भएको थियो ।यसपछि स्थानिय सरकारको पहलमा ठाउँ ठाउँमा खानेपानीको लागि वडा अध्यक्ष राजु श्रेष्ठले बन्दोबस्त गरिदिएपछि स्थानिय खुशी भई इनार छोडेका हुन् । छोडिएका इनारमा खतरा बढेपछि छोपेर राखिएको अबस्था छ ।हुनत इनारमा डुबेर गत शाल एक युवकको मृत्यु भएको थियो ।संभावित घटनालाई विचार गर्दै इनारहरू छोपिए पनि सम्बन्धित निकायले इनार स्थायी रूपमा पूर्नु आजको आवश्यकता हो ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१