Siraha Times
ताजा समाचार

सन्नु कुमार खंगका गीतले समाजको चेलीबेटी माथि अनैतिक असर पार्दै

  • जेठ २६, २०७८
  • १५८८ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी -नबिन यादब - सप्तरी जिल्लाको सन्नु कुमार खंग मैथिली गायकले दुई-तीन बर्ष अगाडि मैथिली संगीत क्षेत्र र मिथिलाचंलमा सभ्य, सफा र राम्रा गीतहरू (मिथिला वर्णन, प्रेम, विछोड़, इत्यादी) गाएर आफ्नो नाउँ स्थापित गरेका थिए।

मैथिली श्रोता समाजले राम्रो दर्जा दिएको थियो। तर यता केही बर्ष अगाडि विविध अश्लिल अनैतिक र असभ्य गीतहरू गाएको र भिडियो निकालेको हुनाले स्तर झर्दै गएको देखिन्छ। बौद्धिक श्रोता-फ्यानहरू एकदम घट्दै गएको देखिन्छ। समाजमा डिजेहरूमाध्यमबाट गीत बज्दै गर्दा पढे-लेखेका महिलावर्ग र पुरूषवर्गले समेत खेद प्रकट गरिरहेको सुनिन्छ। खंगका गीतमा अनैतिक अर्थ बोकेका शब्दहरू समेटिएकोले चेतनशील आम श्रोताहरू खंग प्रति निकै नै आक्रोशित छन्।

खंगका यूट्यूबमा रहेका गीतहरूको कोमेन्ट बक्समा समेत दर्शकहरूले सल्लाह सुझाव साथै खंगलाई गाली गलोज समेत दिएका प्रस्टै देखिन्छ। दुई बर्ष आगाडी खंगको मैथिली अश्लील र प्यारोडी गीत 'नथिया टुटल सैया खटियापर, नयाँ छौ मसिन गे, ' बोलले समाजमा रहेकी चेली बेटी माथि नकारात्मक असर पारको झुझारू युवा नेता सत्येन्द्र यादवले बताउँछ। ' भौजी तर भैया उपर, गोली एलै रे होली एलै रे होली एलै रे' भन्ने अश्लिल गीतले समेत 'यादव र मण्डल' जातिलाई लक्षित गरी जातिय मानमर्यादा माथि हानी पुर्याएको देखिन्छ।

त्यसै गरी ' भोला गाजाँ पिके मस्त है, मौगी मेरा व्यस्त है ' मार्फत हिन्दु धर्मको भगवान भोलानाथ शिव जीलाई अपमान र मिथिलाको नारीहरूको इज्जत उखालेको पाईन्छ। 'हे गे कर कर' बोलका दुईअर्थी गीतले माता दुर्गालाई अपमान गरेको देखिन्छ। 'पियरकी फराक वाली' गीतले माता सरस्वतीलाई समेत अपमान गरेको पाईन्छ। अश्लिल शब्दहरू राखेर छठ गीतमा छठ माता समेतलाई अपमान गरेको देखिन्छ। भन्नुपर्दा मनोरञ्जनको नामा मिथिलाको धर्म सँस्कृति र सँस्कार समेतलाई गायक सन्नु कुमारले आफ्नो नैतिक चेतना गुमाएर धज्जी उडाउन कार्यमा भिडेका छन्।

उनले नैतिकता र बौद्धिकता समेत गुमाएका छन् भन दिदाँ अपाच्य हुने छैन। उनलाई मिथिला समाजका अग्रज बौद्धिक व्यक्तिको सल्लाह र मार्ग निर्देशनको अभाव भएको देखिन्छ। अहिले समाजमा साना बालबालिकाहरू सन्नु कुमारका दिनहुँ अश्लिल गीतहरू गुनगुनाई रहेका देखिन्छन्। बिद्यालयमा कहिले काही बिभिन्न क्रियाकलाप हुँदा खेरी बालबालिकाले अश्लिल गीत, संगीत गाएर, त्यसमा नृत्य देखाएर आफ्नो चेतना समेत हराएका देखिन्छन्।

यता ५ देखि ६ महिनाको अन्तरालमा गायक सन्नु कुमार खंग आफै भिडियोमा एक्टिङ्ग गरिएको अनेकौ गीतहरू मध्ये एक गीत बोल - (चुम्मा लेबो सेनिटाईजर लगाके) यो गीतको शब्दहरुले सानो बालबलिकामाथी शारीरिक, मानसिक र मनोबैज्ञानिक रूपले पठन-पाठनमा नकारात्मक असर पारेको देखिन्छ। खंका गीतको भिडियोमा पोर्न साईटको दृश्य देखाएर समेत अभिनय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१