ताजा समाचार

स्व.विजय राम चमारकाे परिवारलाई चमार कल्याण समाज प्रवासी संगठनहरूकाे सहयोग

  • जेठ १६, २०७८
  • १२९३ पटक पढिएको
  • रामएकवाल राम
alt

 राैतहट  - स्वर्गीय विजय राम चमारकाे परिवारलाई चमार कल्याण समाज प्रवासी संगठनहरूले सहयोग गरेका छन् । आज शनिबार एक कार्यक्रमका बिच विदेशमा रहेका संगठनहरूले सहयोग रकम संकलन गरि पठाएको थियोे साे राहत सामाग्री पिडित परिवारलाई बुझाईएकाे हाे । चमार कल्याण समाज मलेसिया शाखाका संस्थापक कार्यसमिति सदस्य स्वर्गीय विजय राम चमार जुन बारा जिल्ला निवासी हुन् उनकाे परिवारलाई उक्त सामाग्री उपलब्ध गराईएकाे दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हाे ।

चमार कल्याण समाज साउदी अरेबिया शाखा ,कतार , मलेसिया , दुबई लगाएतका शाखाहरुबाट प्राप्त आर्थिक सहयोगबाट केही खाद्यान्न , लत्ताकपडा ,चामल , बालबालिकाहरुलाई केही शैक्षिक समाग्री र केही नगद रुपैया चमार कल्याण समाज रौतहट जिल्लाका संयोजक सोनेलाल चमार र जिल्ला प्रवक्ता ,गुजरा नगर कार्यपालिका सदस्य एवम् दलित अगुवा पुनित राम चमार लगाएतका टिमले घरमै पुगेर  हस्तान्तण गर्नुभएको थियो ।

चमार समाज कल्याण मलेसिया बाट प्राप्त नगद ३५ हजार,१ कविन्टल  चामल,दाल,आलु सहित अन्य सामाग्रीहरू दलित अगुवा पुनित रामले  सहयाेग गर्नु भएको छ । त्यस्तै चमार समाज कल्याण मलेसियाका संयाेजक नन्दलाल राम, साउदी संयाेजक सुरेन्द्र महरा,दुबई संयाेजक शम्भु महरा चमार सहितका व्यक्तिहरूकाे सक्रियतामा उक्त राहत सामाग्री संकलन गरि पठाईएकाे थियाे ।

चमार कल्याण समाजकाे यूरोप ,अमेरिका , ईजरायल,साउथ काेरिया , भारत सहित १२ वटा देशमा शाखाहरू रहेका छन् । कुनै चमारजातिलाई समस्या परेकाे बेलाबखतमा आर्थिक सहयाेग देखि लिएर हरेक किसिमकाे सहयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤