Siraha Times
ताजा समाचार

स्व.विजय राम चमारकाे परिवारलाई चमार कल्याण समाज प्रवासी संगठनहरूकाे सहयोग

  • जेठ १६, २०७८
  • १२०६ पटक पढिएको
  • रामएकवाल राम
alt

 राैतहट  - स्वर्गीय विजय राम चमारकाे परिवारलाई चमार कल्याण समाज प्रवासी संगठनहरूले सहयोग गरेका छन् । आज शनिबार एक कार्यक्रमका बिच विदेशमा रहेका संगठनहरूले सहयोग रकम संकलन गरि पठाएको थियोे साे राहत सामाग्री पिडित परिवारलाई बुझाईएकाे हाे । चमार कल्याण समाज मलेसिया शाखाका संस्थापक कार्यसमिति सदस्य स्वर्गीय विजय राम चमार जुन बारा जिल्ला निवासी हुन् उनकाे परिवारलाई उक्त सामाग्री उपलब्ध गराईएकाे दलित अगुवा पुनित रामले जानकारी गराउनु भएको हाे ।

चमार कल्याण समाज साउदी अरेबिया शाखा ,कतार , मलेसिया , दुबई लगाएतका शाखाहरुबाट प्राप्त आर्थिक सहयोगबाट केही खाद्यान्न , लत्ताकपडा ,चामल , बालबालिकाहरुलाई केही शैक्षिक समाग्री र केही नगद रुपैया चमार कल्याण समाज रौतहट जिल्लाका संयोजक सोनेलाल चमार र जिल्ला प्रवक्ता ,गुजरा नगर कार्यपालिका सदस्य एवम् दलित अगुवा पुनित राम चमार लगाएतका टिमले घरमै पुगेर  हस्तान्तण गर्नुभएको थियो ।

चमार समाज कल्याण मलेसिया बाट प्राप्त नगद ३५ हजार,१ कविन्टल  चामल,दाल,आलु सहित अन्य सामाग्रीहरू दलित अगुवा पुनित रामले  सहयाेग गर्नु भएको छ । त्यस्तै चमार समाज कल्याण मलेसियाका संयाेजक नन्दलाल राम, साउदी संयाेजक सुरेन्द्र महरा,दुबई संयाेजक शम्भु महरा चमार सहितका व्यक्तिहरूकाे सक्रियतामा उक्त राहत सामाग्री संकलन गरि पठाईएकाे थियाे ।

चमार कल्याण समाजकाे यूरोप ,अमेरिका , ईजरायल,साउथ काेरिया , भारत सहित १२ वटा देशमा शाखाहरू रहेका छन् । कुनै चमारजातिलाई समस्या परेकाे बेलाबखतमा आर्थिक सहयाेग देखि लिएर हरेक किसिमकाे सहयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१