Siraha Times
ताजा समाचार

फेसवुक पेजमा ह्याकरहरुले अवरोध खडा गरेपछि पत्रकार चिंतित

  • वैशाख ३१, २०७८
  • ११४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिष्णुदेव सरदार लहान , वैशाख ३१ । फेसवुक पेजमा ह्याकरहरुले अवरोध खडा गरेपछि पत्रकार चिंतित भएका छन् । नेपाल पत्रकार महासंघ सिराहा शाखाको निर्वाचित जिल्ला सदस्य पदमा निर्वाचित हुनुभएका पत्रकार विनोद मण्डल हाल सौगात एफएम ८८.१ मेघाहर्जको बहस कार्यक्रमको सञ्चालक हुनुका साथै प्रतापपुर मिडिया नवलपरासीको सिराहा संवाददाता समेत रहनु भएका पत्रकार विगत केही महिना देखि ह्याकर देखि चिन्तित हुनु भएको खवर बाहिर आएको हो ।

पटक पटक उनको नामबाट खोलिएको मण्डल विनोद र सावन सावन नामको आधिकारिक फेसवुक पेजमा विगतमा ह्याकरहरुले दुःख दिँदै आएको र केही दिनपछि उनको फेसबूक पेज ह्याक मुक्त गरिदिने चलन ले उनले ह्याकरको निसानामा नपरेको महसुस गरी उक्त फेसबूक पेज चलाइरहेका थिए तर हिजो मिति २०७८/१/३०/ गते दिउँसो १ बजे आफ्नो आईडी चलाई lagout गरी करिब ३ बजे दिउँशोदेखि उक्त अकाउन्ट खोल्ने अनेकन प्रयास असफल भएपछि आफ्नो आईडी ह्याक हुन गएकोले कोरोना संक्रमण बढिरहेको अवस्थामा जीवन्त समाचार सम्प्रेषण गरेर आम जनतालाई सूचित र सजग गर्दै आएका पत्रकार मण्डललाई आम सञ्चरबाट वञ्चित गराउने जो कोही अपराधीलाई कारबाही प्रक्रियामा ल्याउन जरुरी छ ।

सामाजिक सेवामा निरन्तर लागिरहने मण्डलले भर्खरै क्षय रोगी लाई सहयोग र जिल्ला बाहिर तिलकपुर नवलपरासीका रामप्रसादको उपचार बापत २० हजार हस्तान्तरण गरेको उदाहरणीय काम मानिन्छ । सहयोगी भावना रहेका पत्रकारको आधिकारिक फेसवुक पेजमा ह्याकरहरुले पटक पटक अवरोधप्रती आम स्थानिय चिन्तित भएको अवस्थामा सत्य तथ्य अनुसन्धान गर्नको लागी पत्रकार विनोद मण्डलले सरोकारवाला निकाय संग माग गर्नुभएको छ ।साथै अपराधीको पहिचान गरी कानुनी कारबाही अगाडि बढाउन जरुरी छ ।

Open Photo

 

प्रतिक्रिया दिनुहोस

मधेशमा शिक्षा रूपान् ...

रौतहट, ०७ वैशाख । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ &ldquo ...

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१