भारतको असम राज्यमा चट्याङ लागेर १८ जंगली हात्तीको मृत्यु

  • वैशाख ३१, २०७८
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेंसी विश्चव महामारीसंग जुधिराहेको बेला अर्को आफद  चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । भारतको उत्तरपूर्वी राज्य असममा पर्ने नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । असमा वरिष्ठ वन अधिकारी एम के यादवले भनेका छन्, ‘चट्याङ लागेरै हात्ती मरेको अनुमान छ । तर मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुन्छ ।’

असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले पनि हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताए । भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन्, जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो समाचार टुडे खोज बाट साभार गरिएको हो 

प्रतिक्रिया दिनुहोस

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

नहरा चौकमा टेम्पु चा ...

रहमुल लहान १ कात्तिक । लहान–ठाडी सडकखण्डको नहरा चौकमा आज बिहान टेम्पु चालकहरूले आक्रोशित हुँदै ...

लक्ष्मीपुर पतारी–६ क ...

लहान, ३० असोज । लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर पासवान टोलकी करीब १३ वर्षीया रुमा पासवान यतिबे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१