Siraha Times
ताजा समाचार

सिरहाको लक्ष्मिपुर पत्तारीमा आयुर्वेद शिविर

  • वैशाख २०, २०७८
  • ९५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १९, बैशाख ।`दिगो स्वास्थ्यको आधार, आयुर्वेद उपचार ´ भन्ने मुल नारा सहित सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर - २ पोखरभिण्डाको सामुदायिक भवनमा आईतवार एक दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न शिविरमा विभिन्न प्रकारको ५ सय ८७ जना बिरामीहरुले नि: शुल्क स्वास्थ्य सेवा लिएका थिए । आयुर्वेदको आधुनिक प्रविधिहरुद्वारा दिईएको सेवामा ग्यास्टिक , पायल्स , गठिया , मधुमेह , उच्च रक्तचाप , पिनास, दमखोकी , छाला सम्बन्धि रोग लगायतको विभिन्न प्रकारको जेनरल बिरामीहरुको आयुर्वेद विशेषज्ञद्वारा निशुल्क उपचार गरेको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख धनिकलाल यादवले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा बिरामीलाई २६ प्रकारको नि:शुल्क औषधी दिईएको थियोे । कार्यक्रमको औपचारिक रुपमा उदघाटन गर्नुहुदै गापा प्रमुख रामबल्लभ साहले आयुर्वेदको उपचार दिगो र प्रभाकारी रहेकोले सेवा लिन आम सर्वसाधारणलाई अनुरोध गरेका थिए । उनले अहिले समाजमा आयुर्वेद उपचारका लागि जनचेतनाको कमी रहेकोले जनचेतनाका लागि गाउँपालिकाले प्रयास गरिरहेको बताए ।                              received_296351328658510 कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमिन्त्रा लामा लेखापाल नरेश कामती , योजना शाखाका प्रमुख चन्देश्वर यादव लगायत गाउँपालिका जनप्रतिनिधि , कर्मचारीहरुको उपस्थिति रहेको थियो । दुई जना डाक्टर , बरिस्ठ कविराज निरीक्षक ३ जना , कविराज ५ जना , बरिस्ठ बैध निरीक्षक ८ जना लगायतका जनशक्तिले संयुक्त रुपमा बिरामीको स्वास्थ्य सेवा दिईएको आयोजक लक्ष्मीपुर पत्तारी गाउँपालिका आयुर्वेद शाखाले जनाएको छ । शिविरमा सिरहाको लहान , मिर्चैया , बर्दिवास , गोलवजारका बरिस्ठ कविराजहरुद्वारा विरामीको स्वास्थ जाँच गरेको जनाईएको छ । शिविरमा पर्सा , पोखरभिण्डा , रामपुर , पिप्रा , धन्छबार टोलका बिरामी लाभान्वित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१