ताजा समाचार

शहिदनगरपालिकामा जेष्ठ नागरिक शिविरमा नि:शुल्क औषधि बितरण

  • वैशाख ११, २०७८
  • १९१७ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

बैशाख ११ गते । धनुषाको शहिदनगर नगरपालिकामा जेष्ठ नागरिक शिविर तथा निस्शुल्क औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ ।
शहिदनगर नगरपालिकाको वडा न।२ चोराकोयलपुरको पुरानो हेल्थ पोष्ट भवनको प्राङ्गणमा भएको कार्यक्रममा आज जम्मा २४९ जना जेष्ठ नागरिकलाई अमलाचुन,महानारायण तेल,रसगन्धा चुन,योगराज गुगुल लगायत १० किसिम जडिबुटि मिसिएको औषधि वितरण गरेको डा।अनिल कुमार झाले जानकारी दिए ।

साथै आरोग्य सेवा क्लिनिक उदघाट्न समेत भएको थियो । प्रत्येक महिनाको पहिलो र अन्तिम हप्ताको विहिवार उक्त शिविर संचालन हुनेछ । जेष्ट नागरिक शिविर तथा औषधि वितरणमा वडा अध्यक्ष जैसीलाल भिनवारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रबण बरबरिया यादव बिशिष्ट अतिथि जिल्ला आयुर्वेद प्रमुख, ईलाका आयुर्वेदका अनिल झा, गंगा प्रसाद बिरला तथा अतिथिहरु वडा सदस्यहरु लगायत समाजसेवी बुद्धिजीवी शिक्षकहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा आयुर्वेदको महत्त्व तथा वडा अध्यक्ष तथा शहिदनगर नगरपालिकाका नगर प्रमुखको बिशेष पहलमा संचालन भएको क्लिनिक सेवाले जेष्ठ नागरिक लगायत सम्पुर्ण वडाबासीहरु खुशी व्यक्त गर्दै उहाँहरुको कार्यको सराहना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤