ताजा समाचार

सिरहाको पर्सा पोखरभिण्डामा भिषण आगलागी;लाखौंको धनजन जलेर नष्ट

  • वैशाख ११, २०७८
  • १०४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार / लहान / बैशाख- ११ गते। सिरहाको लक्ष्मीपुर- पतारी गाउँपालिका वडा न. २ पर्सा पोखरभिण्डामा हिजो बैशाख १० गते साँझ ६ बजेर २५ मिनेटमा भिषण आगलागी भएको हो । आगलागीमा स्थानीय पर्सा पोखरभिण्डा बस्ने वर्ष ६५ को रामलोचन साहको २ ओटा घर , गोठ , मिल घर गरि नगद ६ लाख बराबरको मालसामान जलेर नष्ट भएको हो । स्थानीय ३० वर्षिय आन्नद कुमार साहको १ आश्रमी घर लगायत करिब १० लाख मूल्य बराबरको क्षति भएको हो । स्थानीय २५ वर्षिय धिरेन्द्र साहको १ घर , गोठ १ , आश्रमी घर लगायत आठ लाख बराबरको क्षति । स्थानीय ३६ वर्षिय लक्षु साहको घर १ , गोठ घर गरि ३ लाख बराबरको क्षति । त्ससैगरी स्थानीयहरु ३२ वर्षिय लाले साहको घर , गोठ गरि ३ लाख बराबरको क्षति , ६५ वर्षिय अर्सकीको ४ ओटा घर जेलर करिब ५ लाखको क्षति , सचिनद्र साह वर्ष २६ को घर १ , गोठ गरि ६ लाख नगद रुपैयाँ सखाप भएको हो । आगो कसरी लाग्यो यकिन हन नसकेको प्रहरीले बताए । आगो नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नवराजपुर र वि ओ पि बरहरी द्वारा आगो नियन्त्रणमा लिइएको थियोे भने वारुण नियन्त्रण लहानबाट दमकल द्वारा नियन्त्रणमा लिइएको युवक प्रविण कुमार यादवले बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤