ताजा समाचार

हावाहुरी मेघ गर्जन सहित ठाउँठाउँमा वर्षा

  • वैशाख ९, २०७८
  • १७३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/ सिरहा / बैशाख ९ गते बिहीबार। आज बिहानै देखि मौसम खराब देखिएको हो । आज बिहान करिब ७:४५ बजेदेखि आएको हावाहुरी तथा मेघगर्जन सहित वर्षाले ठाउँठाउँमा क्षति पु्रयाएको छ। अहिले करोना कहर सँगै यस्तो बेलामा हावाहुरी तथा मेघगर्जन वर्षाले गरिब , असहायको जनजीवनमा ठुलो समस्या खडा भएको देखिएको छ। ठाउँठाउँमा ठुलो हावाहुरीले सहनै नस्कने गरी रुख तथा घरको छाना उडाइएको छ। अहिले वसंत ऋतु बैशाख महिना गाउँ घरमा बिबाहक‍ रौनक समेत देखिएकोमा बिहेको लागि तयार पारिएको (बनाइएको ) टेन्टका सामान उडाएर क्षति पुर्‍याएको हो ।

यो सँगै किसानले खेतबारी लगाइएको तरकारी जस्तै प्याज , मुङ्ग , फर्सी , खीरा , लौका , करेला , लगायत साग तरकारीहरुमा क्षति पुर्‍याएको देखिन्छ । ठुलो हावाहुरी आएको बेला परालको घरमा बस्ने डर्नु स्वभाविक हो । यतिबेला बैशाख महिनामा गाउँ घरमा धुवा , धुलोले गर्दा जनजीवन कष्टकर बनेकोमा पानी परेकाले किसान तथा गाउँ ( ग्रामीण ) शहरका तर्फका व्यक्ति तथा मानिस हर्षित देखिएको हो । मौसम अहिले पनि बिकराल नै देखिएको छ। तसर्थ सावधानी अपनाई बस्न हुन मौसम विद् हरुले भनेका छन।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤