Siraha Times
ताजा समाचार

हावाहुरी मेघ गर्जन सहित ठाउँठाउँमा वर्षा

  • वैशाख ९, २०७८
  • १६८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार/ सिरहा / बैशाख ९ गते बिहीबार। आज बिहानै देखि मौसम खराब देखिएको हो । आज बिहान करिब ७:४५ बजेदेखि आएको हावाहुरी तथा मेघगर्जन सहित वर्षाले ठाउँठाउँमा क्षति पु्रयाएको छ। अहिले करोना कहर सँगै यस्तो बेलामा हावाहुरी तथा मेघगर्जन वर्षाले गरिब , असहायको जनजीवनमा ठुलो समस्या खडा भएको देखिएको छ। ठाउँठाउँमा ठुलो हावाहुरीले सहनै नस्कने गरी रुख तथा घरको छाना उडाइएको छ। अहिले वसंत ऋतु बैशाख महिना गाउँ घरमा बिबाहक रौनक समेत देखिएकोमा बिहेको लागि तयार पारिएको (बनाइएको ) टेन्टका सामान उडाएर क्षति पुर्याएको हो ।

यो सँगै किसानले खेतबारी लगाइएको तरकारी जस्तै प्याज , मुङ्ग , फर्सी , खीरा , लौका , करेला , लगायत साग तरकारीहरुमा क्षति पुर्याएको देखिन्छ । ठुलो हावाहुरी आएको बेला परालको घरमा बस्ने डर्नु स्वभाविक हो । यतिबेला बैशाख महिनामा गाउँ घरमा धुवा , धुलोले गर्दा जनजीवन कष्टकर बनेकोमा पानी परेकाले किसान तथा गाउँ ( ग्रामीण ) शहरका तर्फका व्यक्ति तथा मानिस हर्षित देखिएको हो । मौसम अहिले पनि बिकराल नै देखिएको छ। तसर्थ सावधानी अपनाई बस्न हुन मौसम विद् हरुले भनेका छन।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१