Siraha Times
ताजा समाचार

आज धेरै इन्जिनियरहरुको एउटै प्रश्न भोट किन? र के को लागि?

  • चैत २९, २०७७
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार लहान चैत्र-२९ गते आइतबार। आज कैयौं वर्ष पहिला देखि महान तथा गौरव शाली पार्टीका इन्जिनियरहरु जितेको छ। तर इन्जिनियरहरुका लागि हैन आफ्नो र आफ्ना पार्टीको लागि धेरै इन्जिनियरहरु त यति सम्म निभाए कि चुनाव जितेर पोष्ट पाए। तर आफ्नो जीतसँगै बसाइँसराइ नै गरेजस्तो देखिन्छ । राजधानीको हावामा उडे तर पीडित र फ्रेसर युवा इन्जिनियरहरुको गुनासो सुन्दा कोई पनि भएन्न । आज नेपालमा सबैभन्दा सस्तो कामदारको रुपमा चिनिने इन्जिनियर नै हो । सस्तो मात्र नभएर काम गरेको सुपथ दाम पनि पाउँदैन । यतिसम्म कि ज्यालादारी काम गराउँछन । हजुर नभनेसम्म भोलि देखि तपाईंको सेवा अवधि सकियो भन्ने देखिन्छ । इन्जिनियर भनेको जसको पनि बलिको बकरा बन्ने काम मात्र भएको छ। जनप्रतिनिधिले गरेको गलतमा सही लगाउन हैन भन्ने अख्तियारको आँखा इन्जिनियर खोज्छ। उपभोक्त देखि गाउँले सम्म इन्जिनियर नै खोज्छ।

एउटा डाक्टरले चेकजाँच गर्दा कम्तिमा ५००/- पाउँछ तर इन्जिनियरले हप्तौं लगाएर लिइएको रकमको कमिशन चाहिन्छ । हाम्रो देशको सिष्टम र सिष्टम बनाउने व्यक्ति काम माग्न जाँदा तपाईंको अनुभव कतिसम्म हो भन्ने सोध्छन। कामै नपाए अनुभव कहाँबाट पाउँछन् ठिक्कदार र सरकारले सुपरिवेक्षण र सुपरभाइजरमा इन्जिनियर फिल्डको होस या नहोस मतलब छैन । तर काम गुणस्तर चाहिन्छ त्यो पनि कागजमा । आजसम्म इत्यादि कुरो चिर्ने कुनै इन्जिनियर संगठन भएन्न।तसर्थ यो सबको तोड र मोडको रुपमा उदयमान भएका एकमात्र इन्जिनियर संस्था ( एन.ई.ए.एन ) जो न कसैको बहकाउमा नकसैको दबाबमा आफ्नो काम कर्तव्यबाट पछि हटाउने बाला छ हो वास्तवमा हाम्रो जस्तो देशमा युवा पीढी र झोले नभएकालाई स्विकार्न गाह्रौ छ तर प्रत्येक इन्जिनियरहरुको माया र विश्वासले आज शुरुबाट प्रदेश न. २ मा सफल हुने प्रवल सम्भावना देखिएको छ। तसर्थ प्रवल सम्भावनालाई १००% सफल बनाउन इन्जिनियर तेजनारायण यादवले हार्दिक अनुरोध गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१