स्व.-सुकमरिया देवी सरदारको १३ औं दिनको पुन्यतिथिको श्रद्धाञ्जली सभा सम्पन्न

  • चैत २९, २०७७
  • १०३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान - चैत्र २८ गते। बच्चेलाल सरदार ममतामय आमा सुकमरिया देवी सरदारको स्वर्गारोहनको १३ औं दिनको पुन्यतिथिको अवसरमा नेपाल सरदार बाँतर समाज उत्थान केन्द्र कार्यालय , सुनसरी आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। । कार्यक्रममा उल्लेखनीय सहभागीता देखिएको थियोे । स्वजातिय जिल्ला सभापति राजेन्द्र सरदार अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो । प्रमुख अतिथि केन्द्रीय महासचिव तथा प्रदेश न. २ का दलित आयोजक सदस्य श्याम सरदार , विशिष्ट अतिथि राजु विश्वकर्मा , नेकपा सिरहा/ सप्तरी सेक्रेटरी क. गणेश साह , सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डल त्यसैगरी नेकपा सिरहा सप्तरी संयुक्त जिल्ला सदस्य उदय मण्डल क. राम कृष्ण मण्डल लगायतका बिच भएको र आआफ्नो मन्तव्य राखेको प्रदेश न. २ का दलित विकास समितिका सदस्य श्याम सरदारले बताए । स्व.- सुकमरिया देवी सरदार (२००५ - २०७७) चैत्र १६ गतेमा स्वर्गारोहन भएको थियो । कार्यक्रम गरेको स्थान अग्निसाडर कृष्णसवरन गाउँपालिका वडा न. ४ सरदार टोल भएको थियोे । यो सँगै अतिथिहरु नेपाल आदिवासी जनजाति महासंघ सप्तरीको अध्यक्ष ब्रिजमान तमाङ्ग , बासुदेव सरदार , जोखनी सरदार , शुभकला सरदार जग्दिश सरदार , मिश्रिलाल सरदार , नेकपा केन्द्र विशिष्ट अतिथि रामलाल सरदार लगायत स्थानीयको उपस्थिति देखिएको थियोे । उपस्थित सम्पूर्णले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सिरहामा लागुऔषधसहित ...

ओम प्रकाश यादव लहान, ४ कार्तिक । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित पेट्रोल पम्प नजिक लागु ...

विपन्न दलित समुदायको ...

लहान कात्तिक २। यहाँको लहान नगरपालिका–१५ स्थित लंग्राहा मुसहरी टोलका शिवशंकर सदायका बाबुआ ...

७० औं प्रहरी दिवस २० ...

रहमुल लहान १ कात्तिक । जिल्ला प्रहरी कार्यालय सिरहामा ७०औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१