Siraha Times
ताजा समाचार

दलित महिलालाई रेडक्रस काे कार्यक्रममा डाेमभन्दै गालिगलाैज गर्दै अभद्र व्यवहार

  • चैत २७, २०७७
  • १७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा जिल्लाकाे कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनामा रेडक्रस एक कार्यक्रममा डाेम भन्दै दलित महिला लाई गालि गलाैज गरेकाे खुल्न आएकाे हाे । एक महिना अगाडि नेपाल रेडक्रस साेसाईटी शाखा सिरहाद्वारा संचालित सक्षम परियाेजनाकाे मासिक बैठकमा डाेमलाई किन मेराे दलनामा ल्याएकाे भन्दै गालि गलाैज गरिएको हाे । डाेमलाई ल्याएर मेराे घर छुवाई सकियो मेराे घर धुनुपर्याे भन्दै अश्लिल शव्द बाेल्दै बैठकमै अभद्र व्यवहार समेत गरेकाे हाे । नेपाल रेडक्रस साेसाईटी शाखाद्वारा संचालित सक्षम परियाेजना विगत एक सालदेखि संञ्चालित रहेकाे छ । नेपाल रेडक्रस साेसाईटी शाखाका फिल्म अफिसर सचिन्द्र यादबका अनुसार बैठक बसाउने ठाउँ नभएकोले कल्याणपुर नगरपालिका वडा नम्बर ५ चिकनाका वडा सदस्य सुरतिया कुवँरकाे सहमति मा उहाको दलानमा बैठक बसाउन गएकाे बताउनु भयाे । फिल्ड अफिसर यादबका अनुसार वडा सदस्य सचिन्द्र यादबकाे श्रीमती ले ललिता मल्लिक डाेमलाई हेर्ने वितिकै वहाले गालि दिन थाल्नु भाे हामिले सम्झाउदापनि मानेने घर छुवाईदिएकाे भन्दै हाम्रो अगाडि नै अभद्र व्यवहार गरेकाे हाे । दलित जागरण केन्द्र गाेलबजार सिरहाका सचिवका अनुसार मानव लाई मानव नदेख्ने समाजमा कानुन अनुसार कार्वाही हुनुपर्ने बताउनु हाे । ग्रामीण भेगमा यस्ता घटना घटिरहे पनि राष्ट्रिय पत्र पत्रिकामा उजागर नहुनु दुखत रहेकाे पनि बताउनु भएको हाे ।रेडक्रस साेसाईटी शाखा सिरहाका कर्मचारीलाई समेत कार्वाही काे माग समेत सचिव संजय महराले गरेकाे छ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१