Siraha Times
ताजा समाचार

घाँस काट्न गएका भंगहाका ८ जना किशोरी सम्पर्क विहिन

  • चैत १७, २०७७
  • १४०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी- महोत्तरीको भंगहा– ८ धरमपुरबाट ८ जना बालिका सम्पर्क विहिन बनेका छन् । मंगलबार दिउँसो घर नजिकैको खेतबारीमा घाँस काट्न गएका उनीहरु अबेर साँझसम्म घर नफर्किएको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले जनाए । ‘चेलीबेटीहरु घाँस काट्न गएका थिए । उनीहरु अहिलेसम्म घर आएका छैनन् । खोजीका लागि प्रहरीलाई खबर गरेहको छु,’मेयर साहले शिरीष न्युजसंग टेलिफोनमा भने,‘ म आफै पनि भंगहा बजारबाट धरमपुरतिर घटना बुझ्न जाँदैं छु ।’ यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले युवतीहरुको खोजी गर्न प्रहरी टोली पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१