Siraha Times
ताजा समाचार

शिक्षक रमेश झाको सहयोगमा विद्यार्थीहरुले निर्माण गरेको हस्तकला र विज्ञान प्रर्दशनी

  • चैत १५, २०७७
  • १४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम उपमहानगरपालिका बजरंग चोकस्थित ग्यालेक्सी उच्च मा.वि.का विद्यार्थीहरुले शुक्रवार विज्ञान तथा कला प्रर्दशनी गरेका छन । होली पर्वको अवसरमा विद्यालयको आयोजना र पेशा विषयका शिक्षक यदुवीर सिंह , विज्ञान विषयका शिक्षक रमेश झाको सहयोगमा विद्यार्थीहरुले निर्माण गरेको हस्तकला र विज्ञान प्रर्दशनी गरिएको हो ।

स्कुल परिसरमा आयोजित प्रर्दशनीमा सो स्कुलका सयौं विद्यार्थी सहमागि भएका छन । साइन्स एण्ड आट्र्स एक्जीविसनमा सहभागि विद्यार्थीले हस्तकलाका कलात्मक र उपयोगी वस्तु निर्माण गर्नुका साथै मानव जीवनलाई सहज बनाउन सघाउ पुर्याउने यन्त्रहरुको मोडल निर्माण गरेर प्रर्दशन गरेका छन । विद्यार्थीहरुले घर , सोलार , वाटर पम्प,क्रेन,मोटरका साथै विभिन्न विद्युतिय उपकरणका नमुना बनाएर प्रर्दशन गरेका छन । स्कुलको बार्षिक क्यालेण्डर अनुसार एक्जीविसन आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अमरेन्द्र झाले जानकारी दिएका छन । उनले एक्जीविसनले विद्यार्थीहरुमा सृजनात्मक मौलिकताको विकास गर्ने बताएका छन । एक्जीविसनमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी सहभागि भएको स्कुलले जनाएको छ ।

यसैबीच प्रर्दशनीमा प्रथम,द्धितिय र तृतिय हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रर्दशनीमा विज्ञान प्रर्दशनीतर्फ कक्षा ८ का छात्र अनुराग पाठक प्रथम , कक्षा ७ का दुर्गेश मिश्रा द्धितिय र कक्षा ६ का सुल्भ यादव तृतिय भएका छन । पेपर क्राफटतर्फ कक्षा ७ का छात्र आयुष यादव प्रथम , ईर्शाद शेख द्धितिय , कक्षा ६ का छात्र अर्नभ गुप्ता तृतिय भएका छन । कले वर्कतर्फ कक्षा ६ का छात्र आशिक यादव प्रथम भएका छन ।

पेन्टिंगतर्फ कक्षा ९ की छात्रा प्राची महासेठ प्रथम , रितिका पाठक द्धितिय , कक्षा ८ की छात्रा शिवानी झा तृतिय भएकी छिन । त्यस्तै कक्षा १ बाट अभिषेश मंडल प्रथम , विमल खडका द्धितिय , रबिन महरा तृतिय भएका छन । कक्षा २ बाट सोनी महरा प्रथम , ईशान्त पाण्डे द्धितिय र पंकज छिटटान तृतिय भएका छन । कक्षा ३ बाट कृष्णा ठाकुर प्रथम , आयुष साह द्धितिय र आशिक यादव तृतिय भएका छन । कक्षा ४ बाट आंचल ओझा प्रथम , तनिया यादव द्धितिय , सुशांत शर्मा तृतिय भएका छन । कक्षा ५ बाट फुल शर्मा प्रथम , संध्या पाठक द्धितिय र लक्की चौधरी तृतिय भएका छन ।

प्रतिक्रिया दिनुहोस

लहानमा श्री माध्यमिक ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । सिराहा जिल्लाको लहानस्थित श्री माध्यमिक विद्यालय पडरिया थारुटोलल ...

हावाहुरीपीडित मुसहर ...

ओम प्रकाश यादव लहान, वैशाख ९ । हालै आएको हावाहुरीका कारण लहान नगरपालिका–२१ स्थित मुसहर समुदायक ...

उज्ज्वल भविष्य परियो ...

ओम प्रकाश यादव लहान, बैशाख ९। “उज्ज्वल भविष्य परियोजना (Bright Future Project)” अन्तर्गत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१