आजबाट लहान भेट्रान फुटबल कप प्रतियोगिता २०७७ शुरु

  • चैत ७, २०७७
  • १२२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार रेडियो सौगात लहान , चैत्र ७ गते। आजबाट सिरहाको लहानमा लहान भेट्रान फुटबल कप प्रतियोगिता २०७७ शुरु भएको छ। आज करिव दिउँसो २:३० वजे उक्त प्रतियोगिता लहान नगर प्रमुख मुनी साह द्वारा उदघाटन भएको हो। चैत्र ७ गते देखि सुन्दर नगरी लहानको पशुपति आदर्श मा.वि खेलमैदान हुन गइरहेको " लहान भेट्रान कप फुटबल प्रतियोगितामा सहभागी भई खेलको शोभा बढाईदिन आयोजक लहान भेट्रान फुटबल टिम लहान हार्दिक अनुरोध गरेको छ। आजको उद्घाटन सत्र प्रमुख अतिथि लहान नगरपालिका प्रमुख ( मेयर ) मुनी साह , विशिष्ट अतिथि लहान नगरपालिका उपप्रमुख सरियार चौधरी रहेका थियोे । त्यसैगरी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता , इलाका प्रहरी कार्यक्रम लहानका डिएसपी डा. पतन दाहाल लगायतका दर्शनगणहरु उपस्थिति रहेको थियो ।

No description available.

प्रतियोगिताको प्रथम पुरुस्कार नगर रु. ५० हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु. २५ हजार रहेको छ। खेल तालिकाहरु युनाइटेड सेन्ट्रल फुटबल टिम मोरङ र रौतहट सेन्ट्रल फुटबल टिम रौतहट आज चैत्र ०७ गते प्रतिस्पर्धा भइरहेको छ। त्यसतै लहान भेट्रान फुटबल टिम , लहान र गाईघाट भेट्रान फुटबल टिम उदयपुर बीच आउदो चैत्र ०८ गते प्रतिस्पर्धा हुने जानकारी प्राप्त भएको छ। यो सँगै विराटनगर भेट्रान एफ.सी. र दमक भेट्रान फुटबल टिम झापा बिच प्रतिस्पर्धा हुनेछ । लालवन्दी भेट्रान फुटबल टिम , सर्लाही र एि.एन.पी भेट्रान फुटबल टिम , विराटनगर बिच प्रतिस्पर्धा हुनेछ आयोजना लहान भेट्रानले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१