Siraha Times
ताजा समाचार

समाज सेबि बिनोद र प्रतीक्षा द्धारा लाखौं मुल्य बराबरको सामग्री स्कुल बालबालिका हस्तान्तरण

मनकारी युवा द्धारा स्कुलमा सामाग्री सहयोग

  • चैत २, २०७७
  • १५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २ चैत - सिरहाको धनगढी माई नगर पालिका १ बाखरको एक मनकारी श्रीमान र श्रीमती ले स्थानीय जनता आधारभुत बिधालयमा करिब लाखौं मुल्य बराबरको सामाग्रीहरु सहयोग गरेका छन। आफु सुरुवाती शिक्षा तेहि स्कुल बाट अध्यन गरी हाल सि. ए. सम्म अध्यन गर्न सफल भएको छु भन्दै पहिलाको तुलनामा स्कुलको शिक्षा प्रणाली निकै नै खसकिएको अबस्था हेर्दा आफु दुखी भएको छु । बुवा बालदेब महतो को मृत्युको सम्झना गरेर स्कुल बालबालिकाहरुको खेलकुदन का सामग्री र दराज किताब लगायत दर्जनौं सामाग्रीहरु सहयोग गरेका छन् । २०४९ सालमा स्थापना भएको स्कुलको अहिले बेथिति नै रहेको उनले दु:ख व्यक्त गरेका छ्न।

 

स्कुलमा राजनीतिको अडा जमाएर बसेका अभिवाकहरुलाई समाज सेबि बिनोद राज सिंह र श्रीमती प्रतीक्षा श्रेष्ठले आग्रह गरेका थिए।स्थानीय अभिभावक जवाहर पासमान को अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख अतिथिमा धनगढीमाई नगर पालिका का वडा नम्बर १ का अध्यक्ष सुर्य नारायण महतो का अनुसार स्कुलमा बाहिरको ब्यक्ती होइन घर नजिकैका अभिभावकहरुले स्कुलमा राजनीतिको अडा बनाएको अध्यक्ष महतो ले बताए।

आफु ले स्कुलको सुधादा सुधार्दा दिक्क भई सकेको छु यो स्कुलमा खास गरेर दलितको बालबालिकाहरु पठन पाठन गर्ने गरेको छ उक्त ठाँउ भनेको गरीबले भरीएको ठाँउ हो भन्दै बिधालय लाई सुधारने कुनै एक ब्यक्ती बस्को कुरा होईन समाजका सबै जना ले अ आफनो ठाँउ बाट जिम्मेवारी निर्वाह गर्यो भने मात्र बिधालयको सुधार हुने उनले बताउनु भयो ।

बिशिस्ट अतिथि स्कुलका प्रधान अध्यापक बिनोद कुमार साह ले भने बिधालय भनेको शिक्षक र बिद्यार्थी बिना चल्ने संस्था होइन विद्यालयमा राजनीति छिरी सकेको स्वीकार गरेका हुन । बिकास भने जति भए पनि थोरै नै हुन्छ बताए उक्त स्कुल बाट पढेका विद्यार्थीहरु सि.ए. इन्जिनियर र सरकारी सेवामा कार्यरत रहदा खुशी व्यक्त गरेका थिए।

खाद्य तथा गुण नियन्त्रण कार्यालय बबरमहलमा कार्यरत सहायक प्राविधिक सहयोगी तथा समाज सेबि प्रतिक्षा श्रेष्ठ का अनुसार हामी श्रीमान र श्रीमतीले सहयोग गरेका सामाग्री ले विद्यार्थी भाई बहिनीहरुले आफनो बेस बनाउन सफल हो र उच्च शिक्षा सम्म अध्यन गरोस भने वहाँले सभकाना दिएका थिए ।

मनकारी युवा बिनोद राज सिंहका अनुसार बिधालय लाई बिसुध शिक्षाको लागि अगाडि बढाउन र नमुना स्कुलको रुपमा सुधार ल्याउन र राजनीति कारण न गर्न आग्रह गरेका हुन्।आफु ले सहयोग गरेका सर सम्मानहरु स्कुल भित्रै हुनु पर्ने बताउनु भयो ।

अतिथिहरुमा बलान बिहुल गाउँ पालिकामा सहाय लेखा पालमा कार्यरत रहेका सोहि स्कुलका पुर्व विद्यार्थी सुभाष कर्णे स्कुलमा बिसुध शिक्षा हुनुपर्छ जोड दिएका थिए । नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह र फुलवारी सन्देश अन्लाईन का सम्भु चौधरीको समेत कार्यक्रम मा उपस्थिति रहेको थियो । हाल उक्त स्कुल कक्षा ७ सम्म संचालनमा रहेका छन् भने १३५ विद्यार्थी अध्यन रत रहेका छन। ३जना थाई र १ जना अस्थाई शिक्षक गरी २ जना बाल बिकासका शिक्षिका रहेको प्रधान अध्यापक साह ले जानकारी दिनु भयो । यस्ता समाज सेबि र सहयोगी युवाको हाम्रो समाज खाचो रहेको छ । सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१