" गरौं योग रहौं निरोग " नाराका साथ धनगडीमाई ५ दिने योग शिविर सञ्चालनमा

  • चैत २, २०७७
  • १५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा / चैत्र २ गते सोमबार । " गरौं योग रहौं निरोग " नाराका साथ सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर १० को आयोजनामा ५ दिने योग शिविर सञ्चालनमा रहेको छ। ५ दिने जीवन बिज्ञान योग शिविरको प्रथम दिन चैत्र १ गते " गरौं योग रहौं निरोग " नाराका साथ समुदघाटन समारोह सम्पन्न भएका थियोे । उक्त योग शिविरको उदघाटन नेपाली काङ्ग्रेसका नेता रामचन्द्र यादवले गरेका थियोे । यो योग शिविर कार्यक्रम २०७७ चैत्र १ गतेदेखी २०७७ चैत्र ५ गतेसम्म जिरोमाईल विद्यालयको चौरमा बिहान ४:०० बजे देखी सञ्चालनमा रहेको छ। विभिन्न ख्याती प्राप्त प्रशिक्षकहरु द्वारा योग गराइने , योग गर्ने तरिका सिकाउने साथै साधुसंतहरुलाई भजन संक्रितन गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति एवंम पुर्व सांसद रामचन्द्र यादवले बताए । योगले जीवन दीर्घायु बनाउँछ , शारीरिक , मानसिक , सामाजिक रुपले शरीर दुरुस्त बनाउँछ , नयाँ जीवन रुपी नाकारात्मक भावनाहरुलाई हटाउँछ त्यसैले योग गर्नु राम्रो र अतिनै आवश्यक रहेको प्रशिक्षक बाबाहरुले भनेका छन। जय पतञ्जली । जय योग शिविर ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१