Siraha Times
ताजा समाचार

" गरौं योग रहौं निरोग " नाराका साथ धनगडीमाई ५ दिने योग शिविर सञ्चालनमा

  • चैत २, २०७७
  • १६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा / चैत्र २ गते सोमबार । " गरौं योग रहौं निरोग " नाराका साथ सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर १० को आयोजनामा ५ दिने योग शिविर सञ्चालनमा रहेको छ। ५ दिने जीवन बिज्ञान योग शिविरको प्रथम दिन चैत्र १ गते " गरौं योग रहौं निरोग " नाराका साथ समुदघाटन समारोह सम्पन्न भएका थियोे । उक्त योग शिविरको उदघाटन नेपाली काङ्ग्रेसका नेता रामचन्द्र यादवले गरेका थियोे । यो योग शिविर कार्यक्रम २०७७ चैत्र १ गतेदेखी २०७७ चैत्र ५ गतेसम्म जिरोमाईल विद्यालयको चौरमा बिहान ४:०० बजे देखी सञ्चालनमा रहेको छ। विभिन्न ख्याती प्राप्त प्रशिक्षकहरु द्वारा योग गराइने , योग गर्ने तरिका सिकाउने साथै साधुसंतहरुलाई भजन संक्रितन गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति एवंम पुर्व सांसद रामचन्द्र यादवले बताए । योगले जीवन दीर्घायु बनाउँछ , शारीरिक , मानसिक , सामाजिक रुपले शरीर दुरुस्त बनाउँछ , नयाँ जीवन रुपी नाकारात्मक भावनाहरुलाई हटाउँछ त्यसैले योग गर्नु राम्रो र अतिनै आवश्यक रहेको प्रशिक्षक बाबाहरुले भनेका छन। जय पतञ्जली । जय योग शिविर ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१