Siraha Times
ताजा समाचार

अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण तथा भावी रणनीतिबारे छलफल

  • चैत १, २०७७
  • १२०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा , चैत्र १ गते आइतबार । सिरहा र धनुषाको बिचमा पर्ने कमला नदीको बारेमा हिजो अधिकारीहरुद्वारा कमला बचाउ अभियान भ्रमण अनुगमन तथा भावी रणनीति बारे छलफल भएको छ। कमला बचाउ अभियानद्वारा भएको कार्यको अनुगमन भ्रमण तथा कमला सिचाईं योजनाबाट सिरहा र धनुषा जिल्लाको पचिस हजार हेक्टर जमिनमा सिचाईंको सुविधा पुर्‍याई रहेकोमा कमला खोलाका माथिल्लो तटि्य जलाधार क्षेत्रमा भारत बोर्डर इनर्वा देखी जङ्गल चिसापानी सम्म भइरहेको छ। नदी उत्खनन तथा भुक्षयका कारण ( रिभरवेड राईजड ) भई सिचाईं योजनामा पानीका साथसाथै अत्यधिक मात्रामा बालुवा , गिट्टी , गेगर आउन शुरु भएकोले निकट भविष्यमा सिचाईं योजना गर्न ठुलो समस्या उत्पन्न देखिन्छ । त्यसका लागि धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला नेतृत्वमा साथै जिल्ला प्रहरी प्रमुख ( एस. पी. ) प्रकाशराणा भाट , सशस्त्र प्रहरी बल ( एस.पी.) नरेन्द्र सेन , आर्मी प्रमुख सेनानी गजेन्द्र रावल , सिडिई एकराज भट्टराई , कमला नगर प्रमुख रामउदगार गोईत , कार्यकारी प्रमुख बिरेन्द्र सढान लगायतका उपस्थिति रहेका थियोे । साथै नेपाल रेडक्रस सोसाइटी सभापति नरेन्द्र प्रसाद सिंह , ईन्जिनियर कृष्ण झा , कमला अभियानका संयोजक विक्रम यादव , कमला अभियानी सुरेन्द्र यादव , राजकिशोर सल्हैथा , रामकिशोर महतो लगायतका सहभागीता रहेको कमला अभियानका संयोजक विक्रम यादवले बताए । नदी प्रणाली व्यवस्थापनको मध्यनजर गर्दै ( एप्रोच ) मा परियोजना संकलन गरी समस्या सामाधान गर्न सवै सरोकारबाला निकाय संगको सहयोगका लागि स्थानीय स्तरबाट समन्वय तथा सहयोग जुटाउन प्रमुख जिल्ला अधिकारी अनुरोधका साथै कार्यक्रम सम्पन्न भएका थियो ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१