Siraha Times
ताजा समाचार

गायिका सुमिता सरदार र ममता सरदारलाई हिमपात मिडिया हाउसको विशेष सम्मान कार्यक्रम सम्पन्न

  • चैत १, २०७७
  • १२१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लक्ष्मीपुर-पतारी,पिप्रा प्र.ध./ चैत्र १ गते आइतबार। हिजो फाल्गुन २९ गते हिमपात मिडिया हाउसको आयोजनामा बाँतर सरदार समुदायका उदयमान गायिका सुमिता सरदार र ममता सरदारलाई जनही ५/५ हजारको दरले सम्मान तथा प्रोत्साहन गरेका छन। साथै हिमपात मिडिया संग जोडेर विभिन्न सामाजिक कार्यमा सहकार्य गर्ने प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालका सदस्यहरुलाई प्रशंसा पत्र समेत वितरण गरेको छ। कार्यक्रममा हिमपात मिडिया हाउसका अध्यक्ष बिरेन्द्रकुमार साहको सभापतित्व , रेडियो नेपालको वरिष्ठ गायक रामा मण्डल प्रमुख अतिथ्वमा भएका थियोे । कार्यक्रमको विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल , वलियुडका नायक नाफे खान , कार्यक्रमको विशेष आकर्षणको रुपमा समेत सहभागी भएका थिए। अतिथिहरु मिनकुमार नवोदित , अम्लेश कर्ण , कम्लेश्वर ठाकुर , प्रमोद साह , अभा अनुपमा , गणेश साह , प्रविण नारायण चौधरी रहेका थिए। नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमार अधिकारी , पत्रकारहरु देवनारायण साह , नवराज कट्टेल , चुमन बस्नेत , मनोज बस्नेत , मुकेश यादव , रामचन्द्र यादव , चनारी कुमारी सरदार , सोनादेवी सरदार , अभिन्नदन सरदार राजेश सरदार , सरिता कर्माकार लगायतको उपस्थिति रहेका थियोे । कार्यक्रमको हिमपातकर्मी प्रेम यादवले संचालन गरेका थियो ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१