Siraha Times
ताजा समाचार

"कला साँस्कृतिक हाम्रो स्वाभिमान;समृद्ध सखुवान्नकारकट्टी हाम्रो पहिचान" नाराका साथ तेस्रो झण्डा महोत्सव सम्पन्न

  • फागुन २५, २०७७
  • १४१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान फाल्गुन २५ गते मंगलबार। सिराहा जिल्ला लहानको दक्षिणी सिमावर्ती सखुवान्नकारकट्टी गाउँपालिका महेशवारी चौकमा गत फाल्गुन १५ गते देखि फाल्गुन २४ गतेसम्म आयोजना गरिएको थियोे । सखुवान्नकारकट्टी गाउँपालिका हरेक वर्ष जस्तै यस वर्ष पनि तेस्रो झण्डा मेला महोत्सव सम्पन्न गरेको छ। मेला महोत्सवमा छिमेकी पालिकाहरुको बुद्धिजीवी , व्यपारी , नागरिक समाज, समाजसेवी , युवा , पत्रकार महोत्सवमा सहभागीता देखिएको थियोे । कला साँस्कृतिक हाम्रो स्वाभिमान; हाम्रो सखुवान्नकरट्टी हाम्रो पहिचान नारालाई पूरा गर्न सबैलाई साथ दिन देखिन्छ पालिका अध्यक्ष केदारनाथ यादवले बताए । उक्त महोत्सवमा व्यपार व्यवस्थापन , प्रवधर्न , शिक्षा,दाइजो प्रथा अनत्य ,बालविवाह अन्त्य, स्वास्थ्य कृषि र बालविवाहहरुलाई न्युनिकरणका उदेश्यले महोत्सव आयोजना गरिएको यादवले बताए । समृद्ध गाउँपालिका बनाउनमा दिनरात एक गरि योजनालाई
निरन्तरता दिइएको यादवले बताए । विभिन्न साँस्कृतिक प्रदर्शनी , स्थानीय भेषभुषा तथा प्रम्परा झल्किने झाँकी प्रदर्शनी लगायत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियोे । १० दिने महोत्सवमा खाद्यान्न , घरेलुु प्रयोजनका सामग्री , विभिन्न स्टलहरु जस्तै कृषि , स्वास्थ्य , शिक्षा , बैंक , लगायत अनेकौं स्टलहरु रहेको देखिएका थियोे । अब हाम्रो सखुवान्नकारकट्टी गाउँपालिकालाई समृद्ध बन्न कुनै कसर बाँकी नरहेको अध्यक्ष यादवको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

स्वास्थ्यमन्त्री घिम ...

प्रिन्स मिश्र कपिलवस्तु साउन १२ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजी प्रसाद घिमिरेले प्रदेश सर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१