खोप नि:शुल्क छ,सुरक्षित छ,खोपले रक्षा गर्छ;सुरक्षित साथ खोप लगाउन आग्रह

  • फागुन २४, २०७७
  • ९३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स सम्वादाता , लहान फाल्गुन २४ गते सोमबार। कोविड-१९ रोग विरुद्ध खोप अभियान - २०७७/०७८ सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका -५ इटहर्वा स्वास्थ्य चौकीले अभियानमा सहभागीताको लागि आग्रह गरेको छ। " स्वास्थ्य , समृद्धि र सुरक्षा , कोविड- १९ खोपले गर्छ रक्षा " नारा सहित अहिले सिरहा लगायत देशका धेरैजसो गाउँपालिका नगरपालिकाहरुमा उक्त अभियान सञ्चालन भएको छ। फाल्गुन २३, २४, र २५ गते गरी तीनदिने इटहर्वा स्वास्थ्य चौकीमा उक्त अभियान सञ्चालन हुनेछ । यो खोप ५५ वर्ष माथिका सबैजना , (गर्भवती महिला बाहेक ) , सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारी , ड्राइभर , अौषधि पसले लगायत सबैले खोप अभियानमा सहभागी हुन स्वास्थ्य चौकी सखुवान्नकारकट्टी गाउँपालिका -५ इटहर्वा स्वास्थ्य हार्दिक अनुरोध गरेको छ। साथै अभियानमा सहभागि हुदा उमेर खुल्ने परिचय पत्र सहित नागरिकता , मतदाता परिचयपत्र , आई. डि . कार्ड सहित अभियानमा सहभागी हुन स्वास्थ्य चौकीले आह्वान समेत गरेका छन। इन्चार्ज सम्पर्क न. ९८०७७५१३९९ मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१