ताजा समाचार

विद्यालयको शौचालय सफा गर्दै प्र.अ सरदार;शैक्षिक क्षेत्रमा चुनौती विषय बन्दै

  • फागुन २४, २०७७
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक लहान/फाल्गुन २४ गते सोमबार। ग्रामथान (मोरङ्ग) प्रधानाध्यापकले विद्यालयको शौचालय सफा गर्छन भनेको सुन्दा अलि अनौठो लागन सक्छ। त्यसमा पनि दिनको दुई पटक। विहान कक्षा शुरु हुनुअघि र साँझ विदा भएपछि नियमित रुपमा शौचालय सफा गर्दै आएका छन , ग्रामथान-२ का रवि आधारभूत विद्यालयका प्रधानध्यापक जितेन्द्र सरदार।विद्यालयको शौचालय व्यवसायिक रुपमा सफा गर्नेले भन्दा राम्रो प्रध्यानाध्यापक सरदारले सफाई गर्दै आएका छन। उनलाई धेरै शौचालय सफा गर्ने प्रध्यानाध्यापक पनि भन्ने गरेका छन।
 
विद्यालयको आम्दानी श्रोत नभएको र प्रध्यानाध्यापकले नै काम शुरु गरेपछि शौचालय सफाईमा सबैलाई उत्प्रेरणा हुने भएकोले शौचालय सफाईको निर्णय गरेको उनले बताए।शुरुका दिनमा उनलाई अरु विद्यालयका शिक्षक प्रध्यानाध्यापकहरुले गाले पनि गरे- तपाई कारण हाम्रो पनि नाम बदनाम हुनेभयो प्र.अ सरदारले भने " प्रध्यानाध्यापक भएर पनि शौचालय सफा गर्दै हिँडने हो भनेर पनि साथीहरूले भन्नुभयो।
दलित समुदायका विद्यार्थी आउने गर्ने र दलित समुदायभित्र विद्यालय भएता पनि आफुले शौचालय सफाई गर्ने भएकाले पनि आफुले शौचालय सफाई गरी दलितभित्र हिनतावोध हटाउने काम गरेको प्र.अ सरदारले बताए। पहिले मलाई गाली गर्नेहरु अहिले ठिकै गर्नुभएको रहेछ भन्ने गरेका छन।" प्रध्यानाध्यापक समाजको रोल मोडेल रहेको जिकिर गरे। विद्यालयले कार्यालय सहयोगी भनेर एक जनालाई नियुक्त गरेको छ। तर,कार्यालय सहयोगीलाई शिक्षणको कार्यमा खटिएको छ। उनलाई मात्रै विद्यालयले सरसफाईमा खटाउने गरेको छैन।कार्यालय समयदेखि पढाउने पनि जिम्मेवारी दिइएको समान रुपमा हेर्ने , "विद्यालयमा शौचालय एउटै छ,म हेडमास्टर भनेर बस्ने अलग कुर्सी , टेबल र नेम्पलेट पनि छैन ।" विद्यालयमा सबै समान भएपछि काम गर्न पनि सबैलाई सहज भएको उनले तर्क गरे। जितेन्द्र सरदार २०७३ सालमा रवि आधारभुत विद्यालयमा प्रवेश गरेका हुन। उनी विद्यालय सञ्चालन गर्ने किन भन्ने अवस्थामा थियोे। विद्यालयमा हाजिर भएको केही समयपछि उनी नियमित्त प्र.अ को जिम्मेवारीमा रहे। निमित्त भएकै समयमा विद्यालयको विकासमा अहोरात्र उनी खटे। ४ वर्षको अवधिमा विद्यालयले आमूल परिवर्तन गर्न सफल भएको प्रध्यानाध्यापक जितेन्द्र सरदारले बताए।
कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा अहिले ४२० शिक्षार्थी अध्ययनरत छन। विद्यालयमा तराई मुलुकका सरदार , हरिजन र राम समुदायका दलित विद्यार्थी अध्ययनरत रहेका छन। उक्त विद्यालयाई नमुना विद्यालयको रुपका विकास गर्ने योजना अनुसारको काम गर्दै गएपछि विद्यालय प्रगतिको पथमा रहेको बताए । लगभग शतप्रतिशत दलित विद्यार्थी अध्ययन अध्यापन गर्न आएको प्र.अ सरदारले बताए। विद्यालय प्रवेश निजी विद्यालय भन्दा कम पुर्वाधार छैन ।पठनपाठन पनि अंग्रेजी माध्यम छ।
निजी विद्यालयले दिने शिक्षा भन्दा कम नभएको प्र.अ सरदारले दाबी छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤