प्रेम र देवकुमारले सात लाख लिए, दुबईमा सिरहा सप्तरीका तीन युवा अलपत्र

  • फागुन २२, २०७७
  • ११४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक  रेडियो सौगात लहान, २२ फागुन । वैदेशिक रोजगारमा राम्रो तलब दिलाउँने भन्दै तीन युवासँग लाखौ रकम ठगी गरेको खुलासा भएको छ । बुटवलका प्रेम शाक्यले काठमाण्डौं स्थित अनुप लामा भनिने देवकुमार मुक्तानमार्फत सात लाख रकम लिएर सिरहा र सप्तरीका तीन युवालाई अल्मुनियम कम्पनीमा १४ दिराम तलब दिने भन्दै ठगी गरेको छ ।
सिरहाको लक्ष्मीपुरपतारी ६ सितापुर दवाडीका संजीतकुमार शर्मा, नवराजपुर ४ का जयकुमार साह र सप्तरीको बलानविहुल कोदरकट्टीका दिलिपकुमार शर्मासँग दुबईको अल्मुनियम कम्पनीमा काम लगाउँन सात लाख रुपैयाँ लिएको हो ।
उनीहरुलाई २० नोभेम्बरमा टुरिष्ट भिस्सामा दुबईमा रहेका प्रेम शाक्यको सम्पर्कमा पठाइयो । दुवई पुगेसम्म प्रेम शाक्य सम्पर्कमै थियो । केही दिनपछि प्रेम शाक्य उनीहरुको मोवाईल फोन उठाउँन छाडियो । उनीहरु जेनतेन त्यहाँ अर्को कम्पनीमा काम खोजियो । तर, चाहेजति तलब नपाएपछि अलपत्र परे । पछि उनीहरुलाई खान बस्न समेत अप्ठ्यारो परेपछि केही दिनमा संजित शर्मा नेपाल फर्किए ।
जयकुमार र दिलिप आज पनि दुबईमा अलपत्र अवस्थामा रहेको पीडित संजित शर्मा बताउँछन् । संजितले अगाडि भने ‘म आफ्नो घरमा सम्पर्क गरेर घर फर्किए ।’ ‘घर परिवारले ऋण लिएर मलाई फिर्ता ल्याए ।’ ‘दूई जना साथीको अवस्था कठिन छ । उनीहरुको घरपरिवारले ऋण खोज्दैछन् छोरा फर्काउँन ।’ ‘हामीसँग १० घण्टा काममा खट्नुपर्छ अनि महिनाको १४ सय दिराम दिने भनेर प्रेम शाक्य र देवकुमार मुक्तानले सहमती गरेको छ ।’ तर, कुनै काम दिएन, खान बस्न समेत कठिनाई छ ।’‘ मलाई पैसा फिर्ता चाहियो ।’
देवकुमार मुक्तानसँग सम्पर्क गर्दा उनको मोवाईल स्वीचअफ बताउँछ । वैदेशिक रोजगारमा यहाँका युवाहरुलाई राम्रो कामको लोभ दिएर ठगी धन्दा मौलाएको छ । कामको भिस्सा देखाएर टुरिष्ट भिस्सामा निर्दोष युवाहरुलाई ठगि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१५ ढोढनास्थित म ...

लहान, वैशाख २९ । लहान नगरपालिका–१५ स्थित ऐतिहासिक एवं धार्मिक महत्त्वको केन्द्र माँ राजदेवी पञ ...

सिरहाका ट्राफिक प्रह ...

लहान वैशाख २९ । ट्राफिक नियम कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरीहरू नै यात्र ...

ब्रम्हान मन्दिर जान ...

ओम प्रकाश यादव लहान,वैशाख २९ । लहान नगरपालिका–२० मा अवस्थित ऐतिहासिक र धार्मिक महत्व बोके ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१