पर्साको पोखरीयामा रक्तदान कार्यक्रम एकैदिनमा ९४ जनाले गरे रक्तदान

  • फागुन २२, २०७७
  • ९२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , फाल्गुन २२गते नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीया पर्साको आयोजनामा हिजो फाल्गुन २१ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथि नगरपालिका प्रमुख दिपनारायण रौनियार , पत्रकार धर्मेन्द्र चौरसीया , नेपाल रेडक्रस सोसाइटी उपशाखा सभापति भगवान प्रसाद कुर्मी विशेष अतिथ्वमा सम्पन्न भएको छ। सो सँगै अतिथि पुर्व सांसद रामेश्वर रौनियार , नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्था शाखा प्रमुख पंकज कुमार यादव , धिरेन्द्र कुमार यादव , रेडक्रस सल्लाहकार कृष्ण चौधरी , कृष्ण पंडित , डा.मो.वकिल मिया , वद्री प्रसाद रौनियार , विन्दा चौधरी लगायतकाको उक्त कार्यक्रममा सहभागीता रहेको थियोे । प्रायोजक संस्था नेशनल माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया , पर्सा रहेका थियो । उक्त कार्यक्रममा जम्मा ५०० जनाको सहभागीता रहेकोमा ९४ जनाले रक्तदान गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्त संस्थाका शाखा प्रमुख पंकज कुमार यादवले बताए । सहयोगी संस्थाहरु ;इलाका प्रहरी कार्यालय पोखरिया , शसशस्त्र प्रहरी वेस क्याम्प , पोखरिया, आकाश गंगा एफ .एम , पोखरिया एफ.एम रहेका थिए।

प्रतिक्रिया दिनुहोस

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

प्रेस मञ्च नेपाल मधे ...

ओम प्रकाश यादव लहान, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको शुभेच्छुक संस्था प्रेस मञ्च न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१