Siraha Times
ताजा समाचार

वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी

वैदेशिक रोजगारीको नाममा १० लाखा ठगी पीडित गुहारदै पत्रकार

  • फागुन २१, २०७७
  • १७७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २२ फल्गुण - वैदेशिक रोजगारीको नाममा ठुलो रकम को प्रलोभन देखाएर १० लाख ठगी गरेको तथ्य फेला परेको छ।सिरहाको लक्ष्मीपुरपतारी गाउँ पालिका ६ सितापुर प्रध देबारीको संजित कुमार शर्मा र नबराजपुर गाउँ पालिका ४ का जय कुमार साह र सप्तरीको बलान बिहुल गाउँ पालिका कोदरकटीका दिलिप कुमार शर्मा गरी ३ जना बाट बुटवल घर भई हाल वैदेशिक रोजगारीमा दुबैमा रहेका प्रेम साक्य र काठमाडौंमा एजेन्टको काम गरी बस्दै आएका अनुप लामा भनिने देब कुमार मोक्तान ले काठमाडौं बोलाए र तिनै जना लाई दुबै पठाएका थिए ।

दुबैमा काम न पाएर तिनै जना अलपत्र परेका छ्न । जय कुमार साह दुबै को सार्जा र दिलिप कुमार शर्मा अजमान भने ठाँउमा अलपत्र अबस्थामा छन् । तिन जना मध्ये एक जना संजित कुमार शर्मा दुई महिना कष्ट गरेर जौतौउ घर बाट पैसा पठाए पछी बल एक जना नेपाल फर्केका हुन् । १० लाख ठगी रहेको रहय बाहिरीएको छ।स्टील कम्पनी दुबैमा तिनै जना लाई ब्यासिक स्यालरी १४ सय दिरान र नेपाली रुपैया १० घन्टाको ४२ हजार नेपाली रुपैया कमाई हुन्छ भने प्रलोभनमा पारेर नोभेम्बर २० तारीखमा दुबै पठाएका थिए । यस्तो झुक्याएर टुरिष्ट भिषामा पैसा ठगी गर्ने ब्यक्ती लाई तुरुन्त कार्बाहि गर्न सरकार संग पीडितको माग रहेको छ। अझै पनि दुई जना अलपत्र अबस्थामा रहेको पीडितले बताए । तिन जनामा १० लाख रुपैयाँ ठगी गरेको पीडित सुन्दर शर्मा ले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा महिलाको आत्म ...

रहमुल, लहान ७ वैशाख । सिरहा नगरपालिका वडा नम्बर १५ स्थित सुखचाइनामा स्थानीय महिलाहरूको क्षमता अभिवृद ...

बर्डफ्लुको सङ्क्रमणप ...

विनोद अविरल,बैशाख ७ । ​ ​सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको सुनसरी पोल्ट्री फार्ममा बर्डफ्ल ...

मधेशमा शिक्षा रूपान् ...

रौतहट, ०७ वैशाख । शिक्षामा प्रविधिको प्रयोगमार्फत समतामूलक पहुँच विस्तार गर्ने उद्देश्यका साथ &ldquo ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१