बालविवाह र दहेजप्रथा समाजविकासको बाधक हो ः का.वा.मेयर रोहिणि यादव

  • फागुन २१, २०७७
  • १२५४ पटक पढिएको
  • संजय महरा
alt

सिरहा÷फाल्गुण २१ गते,
दलित विकास मञ्च सिरहाद्धारा संचालित बालविवाह न्यूनिकरण कार्यक्रम अन्तर्गत बालविवाह सम्बन्धी धारणा र मूल्यामान्यता बारे अभिभावक तथा सरोकारबालाहरुको गोष्ठी तथा अन्तरकृया कार्यक्रम कल्याणपुर नगरपालिका वडा नम्बर १ एक मा सम्मपन्न भएको छ । गर्लफस्ट फण्डको सहयोग र कल्याणपुर नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि कल्याणपुर नगरपालिकाको कार्यवाहक मेयर रोहिणि यादब रहेको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै कार्यवाहक मेयर रोहिणी यादवले हाम्रो समाजमा मानव विकास तथा समाज विकासको बाधक रुपमा रहेको बालविवाह र दहेज प्रथा रहेको औल्याउनु भएको छ । का.वा. मेयर रोहिणीले जव सम्म हाम्रो समाज शिक्षित हुदैन तव सम्म चेतनाको विकास हुदैन त्यसैले हामी पहिलो प्राथमिकता शिक्षामा दिनु पर्ने बताउन भयो । का.वा.मेयर रोहिणी यादवले बालविवाह र दहेज प्रथा रोकौ र शिक्ष्ााँमा ध्यान दिनुपर्छ मेयर रोहिणीले अगाडी भनीन छोरा र छोरीलाई समान व्यवहार र शिक्षा दिनुपर्छ अनि मात्र हाम्रो समाजमा बालविवाह र दहेज प्रथा अन्त्य हुन्छ । मेयर यादबले कल्याणपुर नगरपालिका भित्रका सवै वडामा बालविवाह अन्त्यका लागि जनचेतना कार्यक्रमहरु संचालन गर्ने समेत बताउनुभएको हो ।
 बालविवाह सम्बन्धी गोष्ठि कार्यक्रममा दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले स्वागत मन्तव्य दिएकी थिईन । कार्यक्रममा ईलाका प्रहरि कार्यालय कल्याणपुरका असय उमाशंकर यादब, कल्याणपुर नगरपािलकाका वडा सदस्य वेचन मण्डल , सोहि वडाका दलित महिला वडा सदस्य सहोगिया देवी पासमान, श्री ल.म.ज.उ.मा.वि.का शिक्षक विजय मण्डल, भु.प. वि.व्य.समितीका अध्यक्ष प्रदिप मण्डल, श्याम स्मृति युवा क्लव बनिनियाका कोषाध्यक्ष मोहित मण्डल, कल्याणपुर न.पा.वडा नंः १ का वडा सचिव धनिक लाल मण्डल लगायतले मन्तव्य राखेको छ । कार्याक्रमको अध्यक्षता कल्याणपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम कामतीको रहेको थियो । कार्यक्रम कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणी यादवले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो । कार्यक्रममा दलित विकास मञ्च सिरहाद्धारा गठित आमा समुहका सहभागिता समेत रहेको थियो । कार्यक्रम संचालन दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले गर्नुभएको थियो 
बालविवाह सम्बन्धि परिच्छेद ११ विवाह सम्बन्धी कसुर (दफ १७१ ) मा २० वर्ष नपुगि विवाह गर्ने गराउनेलाई २ वर्ष कैद र २० हजार जरिवानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१