महोत्तरीको बर्दिबासमा मोटरसाइकलको ठक्करबाट बालक गम्भीर घाइते

  • फागुन १९, २०७७
  • ७८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी , बर्दिबास ।फागुन १९ गते । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । बर्दिबास नगरपालिका ७ बस्ने शिवकुमार साहका छोरा ७ वर्षीय अनुराज साह घाइते भएका हुन् । बुधबार बिहान ११ बजे बर्दिवास नगरपालिका ६ स्थित किशाननगरबाट बर्दिवास तर्फ जादै गरेको ना ५१ प २६९ नम्बरको मोटरसाइकले बाटो क्रस गर्न लागेका बालकलाई घर नजिकै ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । त्याहँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल काठमाण्डौं रेफर गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार ठक्कर दिने मोटसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।यो समाचार टुडेपाटिबाट लिएइको हो

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१