Siraha Times
ताजा समाचार

अनाथ दलित युवतीको बिवाहको लागी नेकपाको युवा नेता द्वारा आर्थिक तथा आवश्यक सामग्री सहयोग

  • फागुन १९, २०७७
  • १०६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरीको भंगहा नगरपालिका वाडा नं ३ मा सकरी टोल बस्ने एक अनाथ दलित (मुसहर) समुदाय युवतीको विवाहको लागि OBC सञ्चार बिभागको केन्द्रिय प्रमुख रबिन्द्र कुमार यादवले नगद रु२१००० सहयोग गरेको छ । युवतीको विहे भोलि १९ गते हुन् गइरहेको छ। १ वर्षकै हुँदा आफ्नो आमा बुवा गुमाई सकेको युवतीलाई उनकी कान्छी आमा (मौसी)ले उनकी पालन पोषण गरेका प्रमुख रबिन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

प्रमुख रबिन्द्र कुमार यादवकाे अनुसार धेरै नै गरिव परिवारमा जन्मेको युवतीले स्कुलको मुख हेर्न पनि नपाएको उनले दुख प्रकट गरेको हुन । याे धेरै दुर्भाग्य पुर्ण रहेको र यहाँका कुनै जनप्रतिनिधिहरुले यस प्रती चासो लिन सकेको छैन । युवतीको सानी आमा(मौसिले)राम्रो केटा हेरेर युवती बिहे गर्ने निर्णय गरे तर गरिबिको कारण युवती बिवाहको लागी चाहिने पैसा र सामग्रीहरुको कमि भएपछि उनकी सानी आमाले सम्पुर्ण राजनीति दलका नेता कार्यकर्ता तथा समाजसेवीहरु संग मद्दतको गुहार गर्दा पनि कसैले मद्दत गर्ने इच्छा जाहेर नगरेको उनले बतनएका छिन ।

याे कुरा जब महोत्तरी युवा संजालको नगर संयोजक एवम् नेकपाको युवा नेता तथा OBC सञ्चार बिभागको केन्द्रिय प्रमुख रबिन्द्र कुमार यादवले थाहा पाए पछि उनले सहयोग गर्ने इच्छा जाहिर गरेकाे थियो । युवतीकि सानी आमालाई बोलाएर बिवाहमा चाहिने केही सामग्री तथा नगद रु२१००० प्रदान गरेको छ भने अझै सहयोग गर्ने प्रतिवधता समेत गरेका छ्न । साथै सम्पुर्ण समाज सेवि तथा राजनीति कर्मिहरुलाई पनि अगाडि आएर अनाथ युवतीलाई सहयोग गर्न अपिल गरेका छ्न।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१