Siraha Times
ताजा समाचार

‘बच्चा अब पाउँदीन न्याय पाऔ,’ राउ अस्पताल लहानका डाक्टरविरुद्ध उजुरी

  • फागुन १८, २०७७
  • ९०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवसंग्राम दैनिक लहान, १८ फागुन । राउ स्मारक अस्पताल लहानलाई लापरवाही वा हेलचक्राई गरी इलाज गर्न नहुने कसुर अन्तरगत त्यस बखत कार्यरत डा.राहितकुमार साहविरुद्ध लहान ४ का रामचन्द्र गुप्ताले लहान प्रहरीमा उजुरी दिएका छन् । फागुन १२ गते गुप्ताका छोरा धिरज गुप्ताको दुर्घटना भएर उपचारको लागि राउ अस्पताल लग्दा उपचार नगरी रेफर गर्दा मृत्यू भएकोले साहविरुद्ध प्रहरीमा उजुरी दिएको हो ।

साईकल चढेर १४ बर्षीय धिरज विद्यालयबाट घर फर्किरहेको अवस्थामा लहान ३ कुशवाहा चौकमा ना.६ख. ४९४४ नम्बरको डब्बावाला ट्रकले ठक्कर दिँदा घाईते भएका थिए । ठक्कर लाग्दा धिरजको अण्डकोष फुटेर रक्तामय भएको थियो । उपचारको लागि राउ स्मारक अस्पतालमा करिब ४५ मिनेटसम्म राख्दा कुनै किसिमको उपचार नगरी घाईतेलाई रेफर गरेको रामचन्द्र गुप्ताको आरोप छ ।

गुप्ताले ‘अस्पतालमा डाक्टर साहको ड्युटी रहेकोले पटक पटक फोन गरे उहाँ आउँनु भएन ।’ ‘कुनै किसिमको उपचार नगरी पौन घण्टापछि स्वास्थ्यकर्मीमार्फत यहाँ उपचार सम्भव छैन भनी जानकारी पठाएको थियो ।’ ‘त्यस लगतै कन्डिसन विग्रिएको एम्बुलेन्समा धरान लैजानेक्रममा मृत्यू भएको हो ।’ ‘जहाँ मेरो छोरा लहान अस्पतालमा सबैसँग कुरा गर्थे ।’ ‘तर, लहान अस्पतालका डाक्टर आफ्नो निजी क्लिनिकबाट उपचार गर्न नआएकोले मेरो छोराले ज्यान त्याग गरे ।’ धिरजको लगातार रक्तश्राव भएकोले रोक्न कुनै किसिमको उपचार नगरेको मृत्यू भएको गुप्ताको दावी छ ।

डाक्टर साहको लापरवाहीले गर्दा समयमा उपचार नभएको भन्दै न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा गुप्ताले उजुरी दिएको छ । ‘म आफ्नो बच्चा अब पाउँदीन, तर,न्याय पाऔ’ गुप्ताकी पत्नि कमला निरौला भनिन् ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१