Siraha Times
ताजा समाचार

हिंसामुक्त राष्ट्र निर्माण गर्न कविर पथ जनचेतना अभियान २०७७

  • फागुन १८, २०७७
  • ६९१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार नवसंग्राम दैनिक,राष्ट्रिय खवर पत्रिका लहान / फाल्गुन १८ गते मंगलबार। कविर पन्थीलाई राष्ट्रिय स्तरमा पहिचान बढाउन र हिंसा मुक्तराष्ट्र निर्माण गर्न कविर पथ जनचेतना अभियान २०७७ सञ्चालनमा रहेको छ। विशेषगरी यो अभियान धनुषाबाट भई धनुषाको मिथिला नगरपालिका , हंसपुर नगरपालिका , विदेह नगरपालिका , भटिरया नगरपालिका , धनुषाधाम लगायतका ठाउँहरुमा उक्त अभियान सञ्चालन भएको छ। त्यसैगरी सर्लाहीको श्रीनगर हरकठबा नगरपालिका , सिरहाको मिर्चैया नगरपालिकामा उक्त अभियान सञ्चालन गरिएको सत्यनारायण आलोक (आलोक बाबा) ले बताए ।

राष्ट्रिय स्तरमा सकाहारीको सङ्ख्या बढाउने , देशमा हिन्दुत्व स्थापना , कविर पन्थीलाई पहिचान बढाउने उदेश्यले उक्त अभियान सञ्चालित छन। यो सँगै सकाहारीलाई प्रोत्साहन गर्ने , युवाहरूलाई सकाहारी बनाउने , हिंसामुक्त समाज निर्माणमा जोडदिनु अभियानको मुख्य उदेश्य रहेको आलोक बाबाले बताए । साथै मंसाहारीको सङ्ख्या वढयो भने देशमा अशान्ति आउनु स्वभाविक पनि हो। देशमा हिन्दु , बौद्ध , इस्लाम , शिख , इसाई , क्रिस्चियन लगायतका धर्म मानेता पनि देशलाई हिन्दुत्व राष्ट्रिय निर्माण गर्ने बाबाले चुनौती समेत दिएको छ। जातिपाति अन्त्य कविरको सङ्ख्या बढाउन उक्त जनचेतना शुरु भएको छ। फाल्गुन २ गतेदेखि सञ्चालन भई २०७८ सालको राष्ट्रिय जनगणना नहुन्जेलसम्म प्रदेश न. २ का सबैजसो जिल्लाहरुमा उक्त अभियान चल्ने आलोक बाबाले बताए ।

स्वास्थ्यको भन्दा पनि जन्जालमा फसेका अमेरिकीहरु आफुले दैनिक खाने मंसाहार गरेको खानाले आफ्नै शरीरमा मन्द विषको काम गरेको अमेरिकीहरु बताएउँछ । सन २०१८ को एउटा प्रतिवेदनले एक अमेरिकीले प्रत्येक वर्ष अौषत १ सय किलोसम्म मंसाहार सेवन गर्ने देखिएको छ। विश्वमा हरेक वर्ष हुने मृत्युुमध्ये ३४ हजार घटना मांसाहारबाट हुने अनुसन्धानले पुष्टि गरेको छ। मासुजस्ता खानाले कम उमेर मै क्यान्सर , मधुमेह , मुटुरोग लगायत अनेकौं समस्याहरु देखा पर्ने चिकित्सकहरु बताउँदै आईरहेका छन।

 

 

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१