महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सामुहिक वैवाहिक कार्यक्रम सम्पन्न

  • फागुन १७, २०७७
  • १११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महोत्तरी फाल्गुन १७ । महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सामुहिक वैवाहिक कार्यक्रम गरिएकाे छ । गाउंपालिका अध्यक्ष कन्यादान नाम दिइएकाे कार्यक्रम मार्फत वैदिक परम्परा र हिन्दु रितीरिवाज अनुसार साेमवार सम्पन्न साे वैवाहिक कार्यक्रममा उमेर पुगेका ७ जाेडी वरबधुकाे विवाह सम्पन्न भएकाे हाे । गाउँपालिकास्थित एक विद्यालयमा आयोजित वैवाहिक कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडी वरवधुको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो ।

No description available.

वरवधु जाेडीकाे कपडालता, मण्डप तथा पण्डाल सजावट, परम्परा अनुसार बेहुला पक्षबाट गएका जन्ती र बेहुली पक्षका व्यक्ति खानपीन अतिथी सत्कार लगायतकाे व्यवस्थापन गाउंपालिकाबाटै गरिएकाे थियाे भने वधुकाे गरगहना र विवाह पछि विदाईमा दिइने दराज, पलंग लगायतका सामानहरु समेत उपहार स्वरूप दिइएकाे अध्यक्ष चाैधरीले बताए । व्याप्त रहेकाे दाइजो प्रथा उन्मूलन गर्ने प्रयास स्वरूप गरेको उनले जानकारी दिनुभएको छ।

No description available.

दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडित आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका छाेराछाेरीहरू विवाहमा कुनै समस्या नहाेस उद्देश्यले कन्यादान योजना ल्याइएकाे र याे निरन्तर चलिरहनेछ उनले बताए । उनले भने ‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् । त्यस्तै गाउँ पालिका उप प्रमुख ननु देवि दासले वैवाहिक कार्यक्रममा परम्परालाई ख्याल गर्दै हिन्दु वैदिक अनुसार मिथिला क्षेत्रमा प्रयाेग हुने सम्पुर्ण रितिरिवाज अपनाइएकाे थियाे । वधुकाे कन्यादान गाउँपालिका अध्यक्ष चौधरीले गरेका उपाध्यक्ष नन्नु देवी दासले जानकारी दिनुभयो ।

No description available.

सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । उनले जनाए अनुसार वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । यस अघि वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर विधि समेत सम्पन्न भएको उनले जानकारी दिनुभयो । गाउंपालिका अध्यक्ष कन्यादान नाम दिइएकाे कार्यक्रममा प्रदेश सांसद शर्दा थापा , चमेलि देवि दास , सांसद , राम दयाल मंडल , समाजबादि पार्टीका महोत्तरी महिला जिल्ला अध्यक्ष गिता दास , गाउँ पालिकाका कर्मचारी , प्रहरी , पत्रकार लगायतका उपस्थिति रहेको थियो ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

लहानमा जनलहर: “शाषकह ...

लहान, फागुन १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधि सभा सदस्य उम्मेदवार सत्य नारायण यादवल ...

उपेन्द्र यादव सप्तरी ...

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनव ...

सिराहा–१ मा कांग्रेस ...

रहमुल, सिराहा १४ फागुन । आसन्न निर्वाचनको मुखमै सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१