Siraha Times
ताजा समाचार

विद्यार्थीहरुको दिवा खाजामा भ्रष्टाचार भएको भन्दै सुखीपुर नगर कार्यपालिकालाई ध्यानाकर्षण तथा सचेतना

  • फागुन १६, २०७७
  • १०९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा टाइम्स / लहान फाल्गुन १६ गते आइतबार सुखीपुर नगरपालिकाका नगर सुधार समितिका संयोजक वि पी भुवन यादव तथा अभिभावकको पहलमा विद्यार्थीहरुको दिवा खाजामा भ्रष्टाचार विरुद्ध नगर कार्यपालिकालाई आज ध्यानाकर्षण तथा सचेतना गराएका छन। आजको सचेतनामा विपी भुवन यादवले भने के तपाईंको विद्यार्थीले खाइरहेछन , बिल्कुलै खाइरहेका छैन । खासगरी नेपाल सरकारले दिवा खाजाको व्यवस्था गरेको छ , यदि खाजा खाएन्न भने १५ रुपैयाँको दरले प्रत्येक दिन दिनुपर्ने नियम रहेको छ।

सुखीपुर नगरपालिका कुनै पनि विद्यालयमा आज सम्म दिवा खाजा व्यवस्था भएको छैन । नगर सुधार समिति तथा महिला सर्जन्वृन्द लगायतको सहभगितामा सुखिपुर नगर कार्य सुधार समिति द्वारा ध्यानाकर्षण पत्र बुझाएको छ । यो भन्दा १हप्ता पहिला पनि जानकारी गराए पनि कुनै किसिमको सुनवाइ नरहेको यादवले भनाइ रहेका छन। हाल २४ वटा विद्यालयहरु रहेको यस पालिकामा २४ वटैमा विद्यालयमा दिवा खाजा व्यवस्थाको माग समेत गरेको छ। अहिले शैक्षिक सत्र पनि वितिस्कदा साथै आर्थिक वर्षले पनि ८ महिनाले समेत पछि परेका छन। यी तथा यस्ता कारणले सम्पुर्ण जनप्रतिनिधिका प्रमुखलाई ध्यानाकर्षण तथा आग्रह समेत गरेको छ। सुखिपुर नगरपालिकाको गेटमा उक्त भेला भएका थिए। सम्पूर्ण सहभागी धन्यवाद दिई आआफ्नो वडा प्रमुख र प्र. अ. लाई दिवा खाजा सञ्चालन सम्बन्धि यादवले अभिव्यक्ति दिएका छन। नगर प्रमुखलाई आग्रह र सचेत गर्नुका साथै आउने दिनहरूमा यदि यो घटना यथाशीघ्र सञ्चालन गर्न यादवले माग गरेको छ। आउने दिनहरूमा कुनै प्रकारको घटना परि घटना घटयो भने सम्पूर्ण जवाफदेही सुखीपुरले लिने यादवले अवगत समेत गराएको छ। सामुदायिक विद्यालयको दिनानुदिन गुणस्तरीय घटिरहेकाले आआफ्नो ठाउँबाट पहल गर्नु समेत भनेका थिए। आउने दिनहरूमा यु , तु दिवा खाजा व्यवस्था हुने विश्वास समेत गराएको किरण कुमार यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१