सरकारी मोटरसाइकलमा ३ जना सवार कानुनको धजिया उडाउँदै

  • फागुन १५, २०७७
  • ९६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शनिवार बिदाकाे दिन सबै कार्यलय बिदा हुने भएकाले सरकारी गाडि पनि कार्यलयमा हुन्छ तर एउटा यस्ताे पनि छ प्रय कुनै छुटिमा पनि कार्यलय बस्न पाउदैन सरकारी गाडी किन ? महोत्तरीकाे पिपरा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष अरुण ठाकुरले सरकारी गाडीको लिए दुरुपयोग गर्दै कानुनका धजियाँ उडाउँदै एउटा मोटरसाइकलमा तीन जना सवार भएर कानूनका मिचिएका देखिएको छ । प्रदेश २ मा पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएको छ ।एउटा घटना हो–जनकपुर–जलेश्वर सडकखण्डअन्तर्गत महोत्तरीकाे पिपरा गाउँपालिकास्थित सहाेडवकाे छ । पिपरा देखि जनकपुर जाने बाटोमा अध्यक्ष अरुण ठाकुर माेटरसाईकलमा तीन जना सवार भएकाे देखिएकाे छ । प्रदेश - २-०२ ००१व-८१ नम्बरको ब्लु र कालाे रङ्गको सरकारि नम्बर प्लेट काे माेटरसाईकल दुरुपयोग भएको पाइएको छ। शनिबार करिब १२ बजे सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार भएर जाँदै थिए । यही मोटरसाइकलमा वडा अध्यक्ष चालक सहित तीन जना सवार थिए । गाडिकाे तस्बिर खिचिएपछि गाडि चालकले वडा अध्यक्षले त्यहाँबाट गाडि भगाएकाे भिडियोमा प्रषट देखिन्छ ।

सिटि टिभिका पत्रकारले वडा अध्यक्षसंग प्रतीकृया लिन खोज्दा अटेरी कुरा गरेको छ । पत्रकारले यस विषयमा अझ बुझ्नका लागि वडा अध्यक्षलाई फोन गरेमा धाक धम्की समेत गरेकाे छ यस घटनाले बुझ्न सकिन्छ कि प्रदेश २ मा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग हुँदै आएको स्पष्ट भएको छ । यो त एक पात्र मात्र हो । यस्तो घटनाहरु अझै कति छन् जुन बाहिर आउन सकेको छैन । सरकारी कर्मचारीले सरकारी सवारीसधानलाई निजी कामका लागि प्रयोग गर्दै कतिपय अवस्थामा तरकारी किन्नेदेखि बजार घुम्नेसम्म दु’रुपयोग गरिरहेको नौलो घटना होइन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२४ का तिन विपन् ...

लहान । लहान नगरपालिका–२४ खपानी टोलका दुई विपन्न परिवारलाई लहान नगरपालिकाले खाद्यान्न सहयोग गरे ...

हाइवे ह्याकर्स ऐसी ब ...

कृष्णानगर, कपिलवस्तु, असोज २६ । कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्र ...

सिरहाको छुट्टाछुट्टै ...

लहान, असोज २६। सिरहा जिल्लामा प्रहरीले दुई छुट्टाछुटटै स्थानबाट लागु औषध सहित तीन जनालाई पक्राउ गरेक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१