चैत्र २२ देखि महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट हुँदै

  • फागुन १५, २०७७
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभम सिंह राजपुत ,महोत्तरी महोत्तरी जिल्लामा स्वर्गीय विशाल गुप्ता एवम् कुन्दन सिंह मेमोरियल(स्मृति)जिल्ला अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक महोत्तरी जिल्ला क्रिकेट संघले शनिबार जलेश्वरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको थियो । एकदिवसीय ढाँचामा हुने प्रतियोगिताका लागि आयोजकले फागुन २० देखि चैत्र १० गतेसम्म सहभागी हुन् पालिकाले दर्ता गरिसक्नु पर्ने बताएको छ । जलेश्वर रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार प्राप्त गर्दा उप – विजेता टोलीले ५१ हजार प्राप्त गर्नेछ । यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार , उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १०-१० हजार प्राप्त गर्दा उदायमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचले २५ सय प्राप्त गर्ने आयोजक महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका रोशन सिंहले जानकारी गराए । यस प्रतियोगितामा महोत्तरी जिल्लामा रहेका कुल १५ वटै नगरपालिका तथा गाउँपालिका लाई समावेश गराई स्थानिय स्तरबाट नयाँ उर्जावान तथा गुणवान खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रतियोगिताले लक्ष्य राखेको छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सप्तरीको सुरूंगामा ब ...

रासिन्द्र यादव लहान साउन २६। बालबालिका केन्द्रित सार्वजनिक सेवाको गुणस्तर विषयक बालकचहरी कार्यक्रम स ...

बारागढी गापामा नेशनल ...

बीरगंज २४ साउन। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाक ...

जिल्ला समन्वय समिति ...

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१