विभिन्न पार्टी परित्याग गरि धनुषाका सयौ नेताकार्यकर्ता जसपामा

समाजिक रुपान्तरण सरकारको पहिलो प्राथमिकता ः मुख्यमन्त्री राउत

  • फागुन ११, २०७७
  • ९०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, फागुन ११ । मुख्यमन्त्री लालबाबु राउतले समाजिक रुपान्तरण पहिलो प्राथमिकता रहेको बताउनु भएको छ । जनता समाजवादी पार्टी मिथिला विहारी नगर कमिटीले आज मिथिला विहारी नपा वडा नं.४ रमौलमा आयोजना गरेको मस्जिद शिलान्यास तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको शिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मुल धारमा ल्याउन प्रदेश सरकारले समाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको बताउनु भयो ।
प्रदेश सरकारले संचालनमा ल्याएको बेटी पढाउ बेटी बचाउ तथा आरक्षणको व्यवस्थाले समाजिक रुपान्तरण भई सदियौ देखी विभेदमा रहेका वर्ग राज्यको मुलधारमा ल्याउने विश्वास समेत व्यक्त गर्नु भयो । नवप्रवेशीहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले जसपाकै नेतृत्वमा मुलुक शान्ति, स्थायीत्व र विकासमा फडको मार्ने उल्लेख गर्नु भयो ।
जसपा नगर संयोजक सिता देवी यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मिथिला विहारी नपाको विभिन्न वडाको करिब ४ सय नेता कार्यकर्ताहरु नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपमा प्रवेश गरेका छन ।कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, पार्टीका केन्द्रिय सदस्यहरु दिपक कार्की, महाजन यादव, साधु यादव, चमेली देवी दास, रेणु झा, सुरेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा मुख्यमन्त्री राउतले मस्जिदको शिलान्यास समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१