Siraha Times
ताजा समाचार

शैक्षिक-सत्र बित्नलाग्दा पनि पाठ्यक्रम स्पष्ट छैन : शिक्षक शर्मा

  • माघ २९, २०७७
  • १५९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहन २९, माघ । देश विकासको प्रमुख अंग / प्रमुख मेरुदण्ड शिक्षा बारे विभिन्न अन्यौलताहरु प्रशस्तै देख्न र सुन्न पाइन्छन् । अहिलेसम्म कक्षा -११ को पाठ्यक्रम स्पष्ट हुन सकेको छैन। शैक्षिक-सत्र बित्नलाग्दा पनि कुन विषयहरु पढ्नुपर्ने तथा पढाउनुपर्ने कुरामा शिक्षक तथा विद्यार्थी सबैमा अन्यौलता छ। आधुनिक युग र विश्व परिवेश अनुसार नेपालको सबैतहको पाठ्यक्रममा परिवर्तन हुनुपर्ने कुरा स्वाभाविक छ ।

हालै चर्चामा रहेका विषय मा.वि. तह (१-१०) का बार्षिक परीक्षा सम्बन्धि अन्यौलता देखेर मलाई पनि आफ्नो बिचार राख्न मन लाग्यो। वास्तवमा गत शैक्षिक बर्ष (२०७७-७८) मा कोरोनाको महामारीले पूर्णरूपले असर पुर्याएको कुरा सर्वविदितै छ । त्यस्तो कठिन परिस्थितिमा पनि विभिन्न विद्यालयहरु, कलेजहरु र शैक्षिक संस्थाहरूले संचालन गरेको शिक्षण सिकाईका विभिन्न विकल्पहरु, माध्यमहरुलाई साकारात्मक लिनुपर्छ । अहिले बार्षिक परीक्षा चैतमा कि असारमा मतलब शैक्षिक-सत्र कहिलेदेखि शुरु हुने कुराले थप अन्यौलता बढाएको देखिन्छ । मेरो बिचारमा यस शैक्षिक सत्रको लागि मात्रै अब आउने शैक्षिक-सत्रलाई पनि प्रभाव नपर्ने गरि अगाडी बढ्नुपर्ने देखिन्छ । त्यसैले बार्षिक परीक्षा चैतमा लिइ पुन: बैशाखदेखि नया शैक्षिक सत्र सुरु गरि सम्पूर्ण प्रक्रिया लाई निरन्तरता दिनुपर्ने उचित देखिन्छ ।

विचार लेख्ने लेखक पवन कुमार शर्मा हो उहाँ शरण मा. वि. पानवारी नरहा-२ सिरहाका शिक्षक हुन्

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१