Siraha Times
ताजा समाचार

नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढीको औषधी बरामद

  • माघ २७, २०७७
  • ७२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार सिरहा लहान / २६ माघ। मोरङ विराटनगर ५ स्थित न्युरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढीको औषधीहरु बरामद गरिएको छ। विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोलीले आइतबार बेलुका साढे ६ बजे राम प्रसाद साहको घरमा डेरागरी बस्ने विकास मण्डल र वहाको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेका थिए।

खानतलासी गर्ने क्रममा वहाँहरुको कोठाबाट इन्ज एमिडन , इन्ज पारासिटामोल , इन्ज डेजरीम लगायत ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधीहरु फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताए । साथै प्रहरीले कोठाबाट औषधीमा टाँस्ने प्रयोग गरिने स्टीकर बनाउने एच पी कम्पनीको कलर प्रिन्टर समेत फेला पारेका थिए।

यो सँगै कोठामा रहेका विक्रम मण्डललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भइरहेको कार्यालयले जनाए ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१