Siraha Times
ताजा समाचार

राजविराजमा सामाजिक सुरक्षा व्यवस्थापन सम्पत्ति सम्बन्धि अभिमुखीकरण

  • माघ २५, २०७७
  • ६८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २५ माघ। राजविराज नगरपालिकाले सामाजिक सुरक्षा व्यवस्थापन र सम्पत्ति तथा भुमिकर सफ्टवेयर सम्बन्धि अभिमुखीकरण तालिम आज सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा माघ २१ गतेदेखी माघ २५ गतेसम्म कार्यक्रम भएको छ। यो सँगै कर बिनाको सरकार सञ्चालन गर्न नसक्ने ध्यानाकर्षण भएका थिए। स्थानीय सरकारले ध्यानपुर्वक कर व्यवस्थापनमा लाग्नु पर्छ। साथै सामाजिक सुरक्षाको विषयमा यौनदुराचार , बलात्कार , हिंसा दाइजोप्रथा जस्ता कार्यमा सवाल उठाएका थिए। यस्ता कार्यमा न्युनिकरण भए मात्र समाज अगाडि बढछ । संघ र प्रदेश सरकारले स्थानीय सरकारले दिनुपर्ने अनुदान घटाउँदै लगिरहेको छ। अबको दिनमा स्थानीय सरकारले सम्पत्ति कर लगायत सम्पूर्ण करहरु सम्बद्घ रुपमा कार्यन्वयन गर्नुपर्छ। तालिमको कर शिर्षक लगायत कानुनी प्रक्रियालाई स्पष्ट भएकोले वडाले सम्पत्ति कर लगायत नगर सभाबाट तोकिएको करहरु संलग्नमा जोड दिनु पर्छ। संकलन गरिएको कर नगरपालिकामा मासिक रुपमा बुझाई करलाई सामानुपातिक वितरण प्रकृियालाई बलियो बनाउनु पर्छ। कर संकलनमा गति बढियो भने करको सवालमा अझ स्पष्ट हुन नसक्ने विषयहरुका लागि यस्ता तालिम कार्यक्रम निरन्तर रुपमा गर्ने प्रतिबद्धता भएको छ। स्थानीय सरकार प्रवाह भइसकेको सेवाका विषयमा भएको विभिन्न समस्याका सवालमा जिल्ला प्रशासन कार्यालय अन्तरक्रिया गरी सामाधानका लागि पहल गर्ने । साथै करका स्रोत स्थानीय तहका सरकारमा धेरै रहेकोले पहिचान गरी प्रतिबद्ध हुनु पर्नेमा जोड दिनुपर्ने। जस्ता विषयबारे कार्यक्रम भएको सहभागी भोगेन्द्र यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१