Siraha Times
ताजा समाचार

धादिङमा थपिए २ वटा एम्बुलेन्स, गर्भवती र सुत्केरी महिलालाई निःशुल्क सुबिधा दिने

  • माघ २५, २०७७
  • ८५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धादिङ २५ माघ  । गङ्गाजमुना गाउँपालिका धादिङमा आइतबार एम्बुलेन्स सेवाको सुभारम्भ गरिएको छ । गाउँपालिका अन्तरगत फूलखर्क ग्रामीण अस्पताल, बसेरी र बुढाथुम स्वास्थ्य चौकीको लागि २ वटा एम्बुलेन्स खरिद गरी आइतबारबाट सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिुनभयो । गाउँपालिकाका सम्पूर्ण नागरिकलाई सुलभ र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने र तत्काल स्वास्थ्य संस्थासम्म ल्याउने उद्देश्यका साथ गाउँपालिकाको बजेटमा रु. २१ लाख १ हजार ६ सय ९० लागतको २ वटा एम्बुलेन्स खरिद गरी आइतबार सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको हो ।

मधेश मिडिया 1

गर्भवती र सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गाउँपालिकाको नीति अनुरुप पालिकाका सबै वडाहरुलाई समेट्ने गरी एम्बुलेन्स सेवा विस्तार गरिएको स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो । गंगाजमुना गाउँपालिकाले यसअघि नै जटिल किसिमका गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क हवाइ सेवा समेत सञ्चालन गरिसकेको छ । थप गरिएका २ सहित गंगाजमुना गाउँपालिकामा ३ वटा एम्बुलेन्स सञ्चालनमा आएका छन् । पालिकाका सबै वडाहरुमा एम्बुलेन्स सेवा विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताउनु भयो ।

वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, वडा नं. ३, ४ र ७ का वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१