Siraha Times
ताजा समाचार

कतार सरकारले लगाएको नियम नमान्नेलाई २ लाख सम्म जरिवाना र ३ साल सम्म कैद सजाय

  • माघ २५, २०७७
  • ९३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कतार फरवरी ७ ।  माहामारीको रुपमा विश्वभर फैलिएर तबाही मचाईरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई नियन्त्रण गर्नको लागि कतार सरकारले चालिएको ३२ बुँदे सूचना पालना नगर्नेलाई २ लाख रियाल जरिवाना र तीन बर्षसम्म कैद गर्ने जनाएको छ। कतारको दोहास्थित नेपाली दुतावासले एक सुचना सार्वजनिक गर्दै कतारी नियमलाई कडाईका साथ पालना गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।

कतारमा पुन: कोरोना संक्रमण फैलिन थालेपछि कडाई गर्नको लागि ३२ बुँदे स”चना जारी गरिएको हो । संक्रमण बढेपछि सरकारले सरकारी तथा निजी क्षेत्रमा ८० प्रतिशत मात्रै श्रमिकले काम गर्न पाउने, मेट्रो तथा सार्वजनिक बसमा ३० प्रतिशत मात्रै यात्रा गर्न पाइने नियमलाई कार्यान्वयनमा ल्याएको छ। दूतावासले क्याम्पबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने, मोबाइलमा इतराज एम्लीकेशन हुनुपर्ने, क्याम्पभित्र ५ र खुल्लास्थानभित्र १५ जनाभन्दा बढी भेला नहुन,

सार्वजनिक स्थल वा समुद्री किनारामा १५ जना भन्दा बढी भेला नहुन, सवारी साधानमा चालकसहित ४ जनाभन्दा बढी यात्रा नगर्न लगायत नियमलाई पालना गर्न आग्रह गरेको छ । हालसम्म बिना माक्स हिँड्ने ७ हजार जनालाई पक्राउ गरिसकेको आन्तरिक मन्त्रालयले जनाएको छ। २३ डिसेम्बरबाट कोरोना विरुद्धको खोप लगाउन थालेको कतारमा हाल दोश्रो डोज दिन थालिएको छ।

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१